हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियानकाे प्रबुद्ध नागरिक गाेष्ठी सम्पन्न

राजाराम दास, काठमाण्डाै
हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले ‘प्रबुद्ध नागरिक गाेष्ठी एवम् साहित्य परिचय कार्यक्रमकाे आयाेजना गरेको छ ।  राष्ट्रिय सभागृहमा शनिबार आयोजित उक्त गाेष्ठीमा अभियान द्वारा अहिलेसम्म प्रकाशित साहित्यबारे जानकारी गराउदै इतिहास, संस्कृति, परम्परा र जनसङ्ख्याको आधारमा नेपाल स्वयंसिद्ध हिन्दू राष्ट्र नै रहेकोले अब समाजले यसलाई आफ्नाे दायित्वकाे रुपमा स्वीकार गरोस भन्ने आग्रह समेत गरिएको थियो । गत भदाै ३ गते पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालकाे संयाेजकत्वमा याे अभियान सुरु भएकाे हाे ।
प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश गाेपाल पराजुली र विशिष्ठ अतिथि पूर्व प्रहरीमहानिरीक्षक अच्युतकृष्ण खरेल, पूर्व मेजर जनरल नरबहादुर कँडेल सहित को आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य अभियानका केन्द्रीय सदस्य तथा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक कल्याण तिमल्सिना द्वारा राखिएको थियो भने साहित्य परिचय अभियानका सदस्य देवेश झा ले गराउनु भएको थियो । कार्यक्रम संयाेजक वास्तुविद् डा. वासुदेवकृष्ण शास्त्री ले गर्नु भएको थियो ।
स्वागत मन्तव्य दिदै तिमल्सिनाले घर घरमा जागरण अभियान चलाउनुपर्ने बताउनु भयो । धर्म परिवर्तनलाई रोक्नुपर्ने कुरालाई जोड दिदै वहाँले अभियान कुनै राजनीतिक स्वार्थ बाट प्रेरित नभई समग्र हिन्दूहरूको धर्म संरक्षण कालागि सञ्चालन गरिएको बताए ।
साहित्य परिचय गराउने क्रममा अभियानका सदस्य देवेश झा द्वारा गत साउन महिना देखि सञ्चालित उक्त अभियानबाट फोल्डर, स्टिकर र पुस्तिका मार्फत उद्देश्य र स्वाभिमान जागरण बारे तथ्यगत विश्लेषण प्रस्तुत गरिएको बताइयो ।
आफ्नो स्वास्थ्य जटिलता का कारण स्वयं उपस्थित हुन नसकेको अभियानका राष्ट्रिय संयोजक तथा पूर्व प्रधानसेनापति रुक्माङ्गद कटुवाल को सन्देश पढेर सुनाइएको  थियो । सबै हिन्दु धर्मावलम्बीहरूलाई एकजुट भएर अगाडि बढ्न आह्वान गर्दै संयोजक कटुवाल ले सन्देश मार्फत हिन्दु राष्ट्र को माग सम्पूर्ण नेपालको स्वाभिमान संग जोडिएको विचार व्यक्त गर्नु भएका थिए ।
यसैगरी पूर्व प्रहरीमहानिरीक्षक अच्युतकृष्ण खरेल ले धर्म विहिन राष्ट्र हुन सक्दैन बताउदै प्राचीनकाल देखि नै नेपाल एक वैदिक सनातन हिन्दु राष्ट्र रहँदै आएको र युग युग सम्म रहने दावी गर्दै धर्म, संस्कृति र परम्परा प्रथा विनाश हुनलाग्यो भने पुरानै अबस्थामा ल्याउन सबै हिन्दुहरूले आ-आफ्ना स्थानबाट अभियानलाई निरन्तर अगाडि बढाउनुपर्ने मा जोड दिनु भएको थियो ।
नेपाली सेनाको अवकाशप्राप्त मेजर जनरल नरबहादुर कँडेल ले नेपाल हिन्दु राष्ट्र को रुपमा रहँदा संसारभर का हिन्दूहरूको तिर्थस्थल रहने बताए । कार्यक्रम का प्रमुख अतिथि तथा पूर्व प्रधानन्यायाधीश गाेपाल पराजुलीले नेपाल हिन्दु राष्ट्र भएको र मानव समाज रहेसम्म रहिरहने बताउनु हुदै आफ्नो अस्तित्व जोगाउन कालागि पनि यस अभियानमा जोडिनुपर्छ भन्नु भयो । राजनीतिक नेतृत्वको आलोचना गर्दै पूर्व प्रन्या ले नेताहरुले अनुचित लोभका कारण धर्म निरपेक्षता लाई जबर्जस्ती अंगालेको आरोप लगाउनु भयो ।
समापन मन्तव्य दिदै कार्यक्रम संयाेजक तथा वास्तुविद् वासुदेवकृष्ण शास्त्री ले अभियानलाई ६६ जिल्ला सम्म पुर्याइएको चर्चा गर्दै वैदिक सनातन अखण्ड हिन्दु राष्ट्र नेपाल मा शासन पद्धति जुनसुकै भएपनि हिन्दु राष्ट्र कायम हुनुपर्ने उल्लेख गर्नु भयो ।
अभियानका सदस्य प्रह्लाद रेग्मी द्वारा सञ्चालित उक्त कार्यक्रम मा सामूहिक साहित्य विमोचन र ऋतु लामा द्वारा एकल गायन प्रस्तुत गरिएको थियो ।
bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago