बैतडी : बैतडीमा विद्यार्थी बोकेको टिपर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
पाटन नगरपालिका-३ हिरापुरस्थित भित्रि सडक खण्डमा सोमबार अपराह्न टिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरीले मृतकको सनाखत गरेको छ ।
मृत्यु हुनेमा पाटन नपाका ४५ वर्षीय जनकराज पन्त, १२ वर्षीय ज्ञानी विष्ट र १७ वर्षीय ललिता अवस्थी रहेको इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।
उनकाअनुसार दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेलाई डडेल्धुरा अस्पताल पठाइएको छ ।
जिल्ला प्रहरी प्रमुख डीएसपी दर्शन खड्काले पाटन नगरपालिका-३, डबरा भन्ने स्थानमा दुर्घटना हुँदा घटनास्थलमै तीन जना विद्यार्थीको मृत्यु भएको बताए । याे डाेजरले गाउँ जान काटेकाे कच्ची सडक हो । टिपरमा करिब २५ जना विद्यार्थी चढेर घर फर्किँदै गरेको अवस्थामा दुर्घटना भएकाे हाे । माेडमा कटिङ् नपुगेपछि ब्याक गरेकाे टिपर दुर्घटना भएकाे हाे ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय पाटन र खाेडपेकाे टाेली परिचालन गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…