बैतडीमा टिपर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु, ६ घाइते

२०७८, ९ फाल्गुन सोमबार १८:३३

बैतडी : बैतडीमा विद्यार्थी बोकेको टिपर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

 

पाटन नगरपालिका-३ हिरापुरस्थित भित्रि सडक खण्डमा सोमबार अपराह्न टिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरीले मृतकको सनाखत गरेको छ ।

मृत्यु हुनेमा पाटन नपाका ४५ वर्षीय जनकराज पन्त, १२ वर्षीय ज्ञानी विष्ट र १७ वर्षीय ललिता अवस्थी रहेको इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

उनकाअनुसार दुर्घटनामा ६ जना घाइते भएका छन् ।  घाइतेलाई डडेल्धुरा अस्पताल पठाइएको छ ।

जिल्ला प्रहरी प्रमुख डीएसपी दर्शन खड्काले पाटन नगरपालिका-३, डबरा भन्ने स्थानमा दुर्घटना हुँदा घटनास्थलमै तीन जना विद्यार्थीको मृत्यु भएको बताए । याे डाेजरले गाउँ जान काटेकाे कच्ची सडक हो । टिपरमा करिब २५ जना विद्यार्थी चढेर घर फर्किँदै गरेको अवस्थामा दुर्घटना भएकाे हाे । माेडमा कटिङ् नपुगेपछि ब्याक गरेकाे टिपर दुर्घटना भएकाे हाे ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय पाटन र खाेडपेकाे टाेली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु