बिहान ७ बजेदेखि देशभर उत्साहजनक रूपमा मतदान सुरु

झापा , मंसिर ४ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि देशभर उत्साहजनक रूपमा मतदान भइरहेको छ । धेरै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको लाइन लागेको छ । उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा भने चिसोका कारण बिहानै मतदाता पुग्न सकेका छैनन् ।

ती ठाउँका बासिन्दाले दिउँसोपछि मतदान गर्न जाने तयारी गरेका छन् । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्नेछ । झापामा पनि बिहान ७ बजेदेखि मतदान शुरु भएको छ । संघीय संसदका लागि ५ वटा निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि १० वटा प्रत्यक्ष निर्वाचन क्षेत्रमा समेटिएको झापामा १५ वटा स्थानीय तह तथा १३१ वटा वडा रहेका छन् ।

५ वर्षे अवधिका लागि झापामा यस निर्वाचनमा ६ लाख ६३ हजार ३ सय ११ जना मतदाताले मतदान गर्न पाउने छन् । जसमा ३ लाख ३१ हजार ४४ जना पुरुष र ३ लाख ३२ हजार २ सय ५९ महिला तथा अन्य ८ जना मतदाताले झापाबाट जनप्रतिनिधि छान्न पाउने छन् । झापामा पुरुष मतदाताको तुलनामा महिला मतदाताको संख्या एक हजार २ सय १५ जना बढी छन् ।

झापामा सबैभन्दा धेरै मतदाता रहेको क्षेत्र झापा ५ हो भने कम मतदाता भएको क्षेत्र झापा १ रहेको जिल्ला निर्वाचन कार्यालयको मतदाता विवरणले देखाउँछ । यस निर्वाचनका लागि झापामा ७ सय ६८ मतदान केन्द्र र २ सय ८५ वटा मतदानस्थल कायम गरिएको छ ।

क्षेत्रगत रूपमा हेर्दा झापा १ मा पुरूष ६० हजार दुई सय ३७ र महिला ६० हजार एक सय ३८ जना गरी एक लाख २० हजार तीन सय ७५ जना मतदाता रहेका छन् । यस क्षेत्रमा ४५ वटा मतदान स्थल तथा १३४ मतदान केन्द्र रहेका छन् । प्रदेश सभा (१) तर्फ पुरूष मतदाता ३६ हजार एक सय ९८ जना र महिला मतदाता ३५ हजार सात सय ७९ जना गरी ७१ हजार नौ सय ७७ जना मतदाता रहेका छन् । यस क्षेत्रमा २८ वटा मतदान स्थल र ८० वटा मतदान केन्द्र रहेका छन् । प्रदेश सभा (२) मा २४ हजार ३९ पुरूष मतदाता तथा २४ हजार ३ सय ५९ महिला मतदाता गरी ४८ हजार ३ सय ९८ मतदाता रहेका छन् । यस क्षेत्रमा १७ वटा मतदान स्थल र ५४ वटा मतदान केन्द्र रहेका छन् ।
यस्तै झापा क्षेत्र नम्वर २ अर्जुनधारा नगरपालिकाका सबै ११ वडा, विर्तामोड नगरपालिकाका ९, बुद्धशान्ति गाउँपालिकाका ३ र कन्काई नगरपालिकाका २ वडा गरी २५ वटा वडामा समेटिएको छ । यस क्षेत्रमा १ लाख ३४ हजार ९१ मतदाता छन् । जसमा पुरूष मतदाता ६६ हजार ६ सय ५७ जना र महिला ६७ हजार ४ सय २९ तथा अन्य ५ जना रहेका छन् । प्रदेश क्षेत्रका आधारमा (१) तर्फ पुरूष २९ हजार ५ सय ३२, महिला २९ हजार ७ सय ७० र अन्य २ जना गरी ५९ हजार ३०४ जना मतदाता छन् । यस्तै (२) मा ३७ हजार १२५ पुरूष, ३७ हजार ६५९ महिला र ३ जना अन्य मतदाता रहेका छन् ।

झापा–३ नम्वर क्षेत्र प्रदेश (१) तर्फ पुरूष मतदाता ३३ हजार सात सय ८२ जना र महिला मतदाता ३३ हजार चार सय ६६ जना गरी ६७ हजार दुई सय ४८ जना मतदाता रहेका छन् । यस क्षेत्रमा ३६ वटा मतदान स्थल र ८० वटा मतदान केन्द्र रहेका छन् । क्षेत्र (२) मा ३२ हजार दुई सय ७९ पुरूष मतदाता तथा ३१ हजार ९ सय ५ महिला मतदाता गरी ६४ हजार १ सय ८४ मतदाता रहेका छन् । यस क्षेत्रमा ३१ वटा मतदान स्थल र ७५ वटा मतदान केन्द्र रहेका छन् । झापा ३ मा पुरूष ६६ हजार २२ जना र महिला ६५ हजार तीन सय ७१ जना गरी एक लाख ३१ हजार चार सय ३२ जना मतदाता रहेका छन् । यस क्षेत्रमा ६७ वटा मतदान स्थल तथा १५५ मतदान केन्द्र रहेका छन् ।
झापा ४ मा प्रदेश (१) तर्फ २६ हजार ७५५ पुरूष, २६ हजार ४४९ महिला र अन्य १ जना गरी ५३ हजार २०५ जना मतदाता रहेका छन् । यस्तै प्रदेश (२) मा पुरूष ३५ हजार २७० तथा महिला ३४ हजार ६५२ गरी ६९ हजार ९१९ जना मतदाता छन् । पुरूष ६२ हजार २२ जना, महिला ६१ हजार १०१ र अन्य १ जना मतदाता गरी झापा ४ मा जम्मा १ लाख २३ हजार १ सय २४ मतदाता छन् । यस क्षेत्रमा ६३ वटा मतदान स्थल तथा १४९ वटा मतदान केन्द्र रहेका छन् ।

त्यस्तै झापा ५ मा प्रदेश सभा (१) तर्फ पुरूष ३७ हजार ५६४, महिला ३७ हजार २६९ र अन्य १ जना गरी ७४ हजार ८ सय ३४ जना मतदाता रहेका छन् भने प्रदेश सभा (२) मा ३८ हजार ५०३ पुरूष, ४० हजार ९५१ जना महिला र १ जना अन्य गरी ७९ हजार ४५५ जना मतदाता रहेका छन् । पुरूष ७६ हजार ६७ जना , महिला ७८ हजार २२० जना र अन्य २ जना गरी झापा ५ को समग्र मतदाता संख्या १ लाख ५४ हजार २ सय ८९ रहेको छ । झापा ५ मा ६१ वटा मतदान स्थल तथा १७६ वटा मतदान केन्द्र रहेका छन् ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago