जनता झुक्याउन पाइँदैन, झुटो बोल्ने नेता चाहिँदैन

महोत्तरी: स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा महोत्तरीका स्वतन्त्र युवाहरूले ‘नो भोट’ अभियान सुरु गरेका छन् । गएको निर्वाचनमा गरेका वाचा जनप्रतिनिधिले पूरा नगरेकाले यो अभियान सुरु भएको उनीहरूले बताएका छन् ।
आफ्नो घोषणापत्रमा ऐलानी जग्गामा बसोबास गर्नेलाई व्यवस्थित गरी लालपुर्जा वितरण गर्ने वाचा गरेका जनप्रतिनिधिले आफ्नो वाचा पूरा नगरेको बर्दिवास-३ का युवाले समूह बनाएर ‘नो लालपुर्जा,नो भोट’ अभियान थालेको स्वतन्त्र युवा समूहका सहसंयोजक राम लामाले जानकारी दिए ।
बर्दिबास नगरपालिका ३ स्थित बीपी राजमार्गको छेउमा युवाहरूले ‘नो लालपुर्जा,नो भोट’‚ ‘जनता झुक्याउन पाइँदैन, झुटो बोल्ने नेता चाहिँदैन’ लेखिएको ठूलो ब्यानर बोकेर अभियानको सुरु गरेका छन् ।

‘कुनै राजनीतिक दलबाट परिचालन भएर अभियान थाले भन्ने आरोप हामीलाई लागेको छ‚’ युवा समूहका रुद्र मंग्रातीले भने, ‘हामी पहिचालित छौनौं । सचेत भएर अभियान थालेका हौं ।’

उक्त अभियान कुनै पार्टी र व्यक्तिविरुद्ध नभएको मंग्रातीले बताए । १५ वर्षदेखि बर्दिबास-३ को ऐलानी र अव्यवस्थित जग्गाको लालपुर्जा दिने भन्दै जनतालाई झुक्याएकाले नेताको बोलीलाई विश्वास नगर्न जनतालाई सचेत गर्न खोजेको उनले बताए ।

सोझा र इमान्दार जनतालाई झुक्याएर भोट लिने र देशको विकास नगरी भ्रष्टाचारमा लिप्त हुने नेताबाट देशमा राजनीतिक अस्थिरता बढेको, भ्रष्टाचार मौलाएको र महँगी बढ्दै गएकाले त्यस्ता नेता नछान्न जनतालाई सुसूचित गर्न युवा समूह सक्रिय भएको युवाहरूले बताएका छन् ।

सामाजिक सञ्जालबाट युवा समूहले आफ्नो समूह विस्तार गरिरहेको युवाहरूले बताएका छन् । अभियान राम्रो भएको भन्दै बढीभन्दा बढी मान्छे स्वतन्त्र युवा समूहमा आबद्ध भइरहेका मंग्रातीले बताए । समूहमा गोलबद्ध हुनेको संङ्ख्या बढ्दै गएकाले आउने निर्वाचनमा बर्दिबास-३ को नेतृत्व गर्न स्वतन्त्र युवा समूहबाटै योग्य व्यक्तिलाई उम्मेदवार बनाइने उक्त समूहले बताएको छ ।

गएको निर्वाचनमा बर्दिबासबासीलाई लालपुर्जा दिने वाचा गरेका बर्दिबास नगरपालिकाका मेयर विदुर कार्कीले नगरभित्र बसोबास गर्ने सबै भूमीहीन सुकुम्बासी, भूमीहीन दलित, अव्यवस्थित बसोबासी, ऐलानी जग्गालगायत सबैखाले समस्या भएका जग्गाका लालपुर्जा वितरणको अन्तिम चरणमा रहेको बताए ।

सबैखाले जग्गा दर्ता भएर, नापनक्सा तयार गरी नगरले लगत संकलन भइसकेकाले नगरको तर्फबाट गर्ने काम बाँकी नरहेको र आयोगका तर्फबाट वितरण गरौँ भन्न बाँकी रहेको मेयर कार्कीले बताए । मन्त्रालय र आयोगले लालपुर्जा वितरण सुरु गर्ने प्रक्रिया अघि बढाउनासाथ बर्दिबासको लालपुर्जा वितरण हुने उनको भनाइ छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago