सिन्धुली: अवरुद्ध बीपी राजमार्ग खुलाउन प्रहरीले बन्दकर्तालाई लखेट्न खोज्दा भएको दोहोरो झडपले बीपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका २ पिपलभन्ज्याङ तनावग्रस्त बनेको छ । बन्दकर्ता स्थानीयले प्रहार गरेको ढुङ्गा र बोतलले लागेर ११ जना प्रहरी घाइते भएका छन् ।
उनीहरूको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ३ जनालाई गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।
बोलेरोको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री ३९ वर्षीय विजय मोक्तानको मृत्यु भएपछि स्थानीयले कारबाही र क्षतीपूर्तिको माग गर्दै आज बिहानबाट सडक अवरुद्ध गरेका छन् । दोहोरो झडप हुँदा रोकी राखेका केही सवारी साधनमा समेत क्षति पुगेको छ । पिपलभन्ज्याङको सडकमा माथिबाट स्थानीय बन्दकर्ताले प्रहरीलाई लक्षित गरी ढुङ्गा र खाली बोतल र दाउरा प्रहार गरिरहेका छन् भने प्रहरीले तलबाट केही राउन्ड अश्रुग्याँस र हवाइ फायर गरेको छ ।
स्थानीय बन्दकर्ताले बीचमा फसेका केही प्रहरीलाई भने सकुशल छाडिदिएका छन् । सयौंको संख्यामा सवारीसाधनहरू जाममा परेका छन् । झडप रोक्न र अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…