गठबन्धनको निर्णय मान्छौँ: ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गठबन्धनले गरेको भागबन्डा आफुहरुले मान्ने बताएका छन्।

मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ललितपुर महानगरपालिकाका  मेयर महर्जनले गठबन्धनले महानगरपालिकामा गर्ने भागबन्डा आफुहरुले मान्ने बताएका हुन्।

उनले ललितपुर महानगरपालिका भने नेपाली कांग्रेसले पहिले पनि निर्वाचन जितेको हुनाले यस पटकको निर्वाचनमा अरुलाई नछोड्ने बताए।

ललितपुर महानगरपालिकाको मेयर र उपमेर आफुहरुले राख्ने उनले बताए।

त्यसैगरी यसअघि नेपाली कांग्रेसले जितेको १० वटा वडाहरु पनि आफुहरुलाई राख्ने र बाँकी रहेको १९ वटा वडामा पनि आफुहरुले ५० प्रतिशत लिएर भागबन्डा गर्ने उनले बताए।

उनले भने, ‘गठबन्धन गर्दै गर्दा केन्द्रको निर्णय मान्नुपर्छ र हामी मान्छौँ। ललितपुर हामी छोड्दैनौँ। हामीले त जितेको ठाउँ हो नि त। छोड्ने भन्ने त प्रश्नै आउँदैन। मेयर उपमेयर हामी राख्छौँ। २९ वडामा १९ वडा भागबन्डा गर्छौ । १० वडा हामी नै राख्छौँ। भागबन्डा गर्दाखेरी हामी घटीमा पनि ५० प्रतिशत लिन्छौँ। मैले पाउँछु फरकै पर्दैन। जितेको मेयर मै हुँ। जित्नेपनि मै हुँ। गठबन्धनमा जे निर्णय हुन्छ हामी अक्षरश पालना गर्छौ।’

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago