सामाजिक सञ्जालका भ्रामक र गलत सूचना हटाउन आयोगमा छुटै संयन्त्र सक्रिय छः आयुक्त डा.जानकीकुमारी तुलाधर

काठमाडौँ– सामाजिक सञ्जालमा आउने नकारात्मक, गलत तथा तथ्यहीन सूचनाहरुलाई नियन्त्रण गर्न निर्वाचन आयोगले छुट्टै संयन्त्र बनाएको आयुक्त डा.जानकीकुमारी तुलाधरले बताएकी छन्।

सूचनाले मानवीय जीवनमा आमूल परिर्वतन गर्ने बताउँदै आयुक्त तुलाधरले गलत सूचनाले निर्वाचनमा सही उम्मेदवार छान्ने र छानिने प्रक्रियालाई असर गर्ने बताइन्।

निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा पनि त्यसले प्रभाव पार्ने उनले बताइन्। निर्वाचनमा भाग लिनेलाई समेत सिधा असर पर्ने हुँदा आयोगले त्यसलाई संवेदनशील रुपमा हेर्दै आवश्यक कदम चालिरहेको उनले बताइन्

‘विज्ञ सहितको टोली आयोगमा सक्रिय छ। त्यस्ता सूचना हटाउन लगाइएको छ। आउने दिनमा पनि हटाउँदै जाने छौँ,’ उनले भनिन्।

मंगलबार निर्वाचन आयोगद्धारा आयोजित मिडिया अभिमुखीकरण कार्यक्रमको समापनमा बोल्दै उनले यस्तो बताएकी हुन्।

निष्पक्ष पत्रकारिता लोकतन्त्रको खम्बा भएकाले मर्यादित र निष्ठ ढंगले निर्वाचनका विषयमा कलम चलाउन उनले सञ्चारकर्मीलाई आग्रह गरिन्।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले मिडियाले पत्रकार आचार संहिता र निर्वाचन आचारसंहिता पालना गर्दै स्वच्छ, स्वतन्त्र र भयरहित तथा मर्यादित रुपमा निर्वाचन गराउनमा सहयोगी भूमिका खेल्न आग्रह गरे। आचार संहिता पालना भए नभएको विषयमा अनुगमन गर्न जिल्ला तहदेखि केन्द्रसम्म संयन्त्र तयार भएको उनले बताए।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago