काठमाडौं -अर्थमन्त्री जनार्दन शर्माले गत फागुन ३० गते (सोमबार) सेयर कारोबार बन्द भएकोबारे छानबिन गर्न निर्देशन दिएका छन् ।
अर्थ मन्त्रालयमा शुक्रबार आयोजित मन्त्रालय मातहतका निकायको दोस्रो त्रैमासिक समीक्षा कार्यक्रममा अर्थमन्त्री शर्माले त्यसबारे तत्काल छानबिन गर्न नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अधिकारीहरुलाई निर्देशन दिएका हुन् । उनले यस्ता समस्या बारम्बार दोहोरिन नदिन पनि निर्देशन दिए ।
केही दिनअघि नेप्से बन्द भएको कुरा गम्भीर रहेको उल्लेख गर्दै शर्माले भने, ‘त्यो सामान्य विषय होइन, त्यसैले अहिलेको नेतृत्वले यो समस्या समाधान गरोस् ।’
गत सोमबार ब्रोकरको ब्रोकर डाटा सेन्टरमा समस्या देखिएपछि टीएमएस नचल्दा सेयर कारोबार स्थगित गरिएको थियो । उक्त दिन करिब पौने दुई घन्टामात्रै सेयर बजार खुलेको थियो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…