३० गते सेयर कारोबार बन्द भएकोबारे छानबिन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं -अर्थमन्त्री जनार्दन शर्माले गत फागुन ३० गते (सोमबार) सेयर कारोबार बन्द भएकोबारे छानबिन गर्न निर्देशन दिएका छन् ।
अर्थ मन्त्रालयमा शुक्रबार आयोजित मन्त्रालय मातहतका निकायको दोस्रो त्रैमासिक समीक्षा कार्यक्रममा अर्थमन्त्री शर्माले त्यसबारे तत्काल छानबिन गर्न नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अधिकारीहरुलाई निर्देशन दिएका हुन् । उनले यस्ता समस्या बारम्बार दोहोरिन नदिन पनि निर्देशन दिए ।

केही दिनअघि नेप्से बन्द भएको कुरा गम्भीर रहेको उल्लेख गर्दै शर्माले भने, ‘त्यो सामान्य विषय होइन, त्यसैले अहिलेको नेतृत्वले यो समस्या समाधान गरोस् ।’

गत सोमबार ब्रोकरको ब्रोकर डाटा सेन्टरमा समस्या देखिएपछि टीएमएस नचल्दा सेयर कारोबार स्थगित गरिएको थियो । उक्त दिन करिब पौने दुई घन्टामात्रै सेयर बजार खुलेको थियो ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago