आर्थिक संकटमा श्रीलंकाः कागज र मसी किन्ने पैसा नहुँदा लाखौँ विद्यार्थीको परीक्षा स्थगित

एजेन्सी गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा कागज किन्ने पैसासमेत नभएपछि विद्यालय तहको परीक्षा रोकिएको छ। यसबाट दसौँ लाख विद्यार्थी प्रभावित भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

फाइल फोटो

श्रीलंकाले हाल सन् १९४८ (स्वतन्त्रता) यताकै गम्भीर आर्थिक संकटको सामना गरिरहेको छ। सोमबारदेखि विद्यालय तहको परीक्षा सुरु हुने तय गरिएको थियो। तर शिक्षा अधिकारीहरुले शनिबार कागजको अभावका कारण परीक्षा अनिश्चितकालका लागि रोकिएको बताएका हुन्। सरकारले परीक्षाका लागि आवश्यक कागज ल्याउनका लागि बजेट दिन नसकेकाले परीक्षा रोक्नु परेको शिक्षा अधिकारीहरुले बताएका छन्।

वेस्टर्न प्रोभिन्सको शिक्षा विभागले भनेको छ, ‘अत्यावश्यक कागज र मसी ल्याउन आवश्यक रकम व्यवस्था गर्न नसकेकाले विद्यालयहरुको परीक्षा लिन नसक्ने भएको छ।’ देशभरका ४५ लाख विद्यार्थीमध्ये कागज र मसीको अभावका कारण करिब दुईतिहाइ विद्यार्थीको परीक्षा लिन नसक्ने अवस्था रहेको सरकारी स्रोतले बताएको द गार्डियनले उल्लेख गरेको छ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago