एमसिसी सदनमा टेबुल गर्न सभामुखलाई प्रचण्डको ‘निर्देशन’

काठमाडौँ – एमसिसी संसदमा पेश गर्नै नहुने अडानमा रहेको नेकपा माओवादी लचिलो भएसँगै गठबन्धनले आइतबारको संसद बैठकमा एमसिसी टेबुल गर्ने निर्णय गरेको छ ।

एमसिसी पेश गर्ने मार्गमा बाधक बन्दै आएको आरोप सभामुखमाथि लाग्ने गरेको र उनले माओवादीको एजेण्डालाई प्राथमिकता दिएको भन्ने गरिन्छ ।

आइतबार गठबन्धनको बैठकपछिको परिवेशले त्यसलाई साथ दिएको देखिएको छ । बालुवाटारमा गठबन्धनको बैठक सकिए लगत्तै माओवादी अध्यक्ष प्रचण्ड गाडी चढेर सिधै बानेश्वर पुगे । उनी त्यहाँ केहीबेर सभामुख सापकोटासँग छलफल गरेर निस्किएका छन् ।

प्रचण्ड निस्किएपछि सभामुख सापकोटाले कार्यव्यवस्था समितिको बैठक सुरु गरेका छन् । प्रचण्डले गठबन्धनको निर्णय अनुसारको सन्देश सभामुख सापकोटालाई प्रवाह गरेपछि उनले सोही अनुसार कार्यव्यवस्था समितिको बैठक सुरु गरेका हुन् ।

योसँगै एमसिसी सदनमा पेश हुने मार्गमा अवरोधका रुपमा प्रस्तुत गरिएका सभामुख र माओवादी अध्यक्ष प्रचण्डबीचको तालमेलले आइतबार एमसिसी पेश हुने गरी कार्यसूचि तयार हुने सम्भावना बढेको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago