जीवन विकास लघुवित्त वित्तीय संस्थाले (JBLB) ७३.६८ प्रतिशत लाभांश प्रस्ताव ।

जीवन विकास लघुवित्त वित्तीय संस्था (JBLB) ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । लघुवित्त सञ्चालक समितिको फागुन ७ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हाे ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँको ७० प्रतिशत अर्थात ४२ करोड ५८ लाख ८० हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ३.६८ प्रतिशत बराबरकाे २ कराेड २४ लाख १४ हजार रूपैयाँ नगद गरी ७३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

७० प्रतिशत बाेनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी एक अर्ब ३ कराेड ४२ लाख ८० हजार रूपैयाँ पुग्नेछ ।

उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago