काठमाडौ : भारतबाट आयात भएका फलफूल तथा तरकारीमा वि’षादी पाइएको छ । भारतसँग सीमा नाकामा रहेका सातवटा वि’षादी अवशेष द्रुत परीक्षण प्रयोगशालामा पछिल्लो तीन महिनामा भारतबाट आयात गरिएका फलफूल र तरकारीको छवटा नमुनामा खान नहुने विषादी प्रयोग भएको पाइएको हो ।
नेपाल भित्र्याइएका १८ हजार ८२६ वटा नमुनाको परीक्षण गर्दा जुनार, केरा, चुकन्दर, तथा आलुुको छवटा नमुनामा खान नहुने रासायनिक विषादी प्रयोग भएको पाइएको छ ।यस्तै नौवटा नमुनामा केही दिन पर्खेर मात्रै खान हुने वि’षादी पाइएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । विभागले शुक्रबार राजधानीमा आयोजना गरेको विभागको दोस्रो त्रैमासिक तथा अर्धवाषिक प्रगति विवरण सार्वजनिक गर्दै सोबारेमा जानकारी गराएको हो ।गएको कात्तिक १ गतेदेखि काँकडभिट्टा, विराटनगर, जलेश्वर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, धनगढीका नाकामा प्रयोगशाला स्थापना गरी भारतबाट ल्याइएका तरकारी तथा फलफूलमा जीवनाशक वि’षादीको द्रुत परीक्षण कार्यक्रम सञ्चालन गर्दै आएको विभागका महानिर्देशक डा। मतिना जोशी वैद्यले जानकारी दिइन् । द्रुत परीक्षणको पूर्ण विवरणसहित भन्सार कार्यालयमै पठाउने गरेको जानकारी दिँदै उनले भनिन्, “कैफियत भेटिएका तरकारी तथा फलफूल रिपोर्ट हेरेर न’ष्ट गर्ने वा भन्सार पास गर्ने अधिकार सबै भन्सार कार्यालयलाई छ । हाम्रा साथीले रिपोर्ट दिनुहुन्छ, त्यो के गरियो भन्ने हामीलाई जानकारी हुँदैन ।”आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago