स्थगित गर्ने भनिएको स्वास्थ्य बिमा कार्यक्रम पुन: सूचारु, उपभोक्ता हर्षित 

पाल्पा, ६ वैशाख ।
स्वास्थ्य बिमा बोर्डले रकम भुक्तानी नदिदा बिमा बाट उपचार सेवा बन्द गर्ने निर्णय गरेको तानसेनको युनाइटेड मिसन अस्पतालले उक्त निर्णय स्थगित गरेको छ । बोर्डले अस्पताललाई दिनुपर्ने रकम मध्ये २ करोड ७५ लाख ७४ हजार भुक्तानी गरेको र अगामी दिनदेखि प्रत्येक महिना भुक्तानी गर्ने समझदारी भए अनुरुप स्वास्थ्य बिमा कार्यक्रमको सेवालाई निरन्तरता दिने अस्पतालले जनाएको हो ।
अस्पतालका निर्देशक रचेल कारखद्वारा जारी एक विज्ञप्तिमा जिल्ला प्रशासन, अन्य सरोकारवालाहरुको प्रयासमा अस्पताल प्रशासन र स्वास्थ्य बिमा बोर्डबिचको छलफलपछि अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम मार्फत स्वास्थ्य सेवा सुचारु राखेको जानकारी गराउँदछौं भनिएको छ ।

स्वास्थ्य बिमा बोर्डले असार मसान्तसम्म भुक्तानी प्रक्रियालाई सेवा सम्झौता बमोजिम दाबी गरेको प्रत्येक १५ दिनमा भुक्तानी गरी अस्पतालबाट दिइने सेवाहरुको निरन्तरतामा सहयोग पुर्‍याउन समेत आग्रह गरेको छ । उसले यदि सम्झौता कार्यन्वयन नभए कार्यक्रम सञ्चालनका विषयमा पुर्नविचार गर्ने समेत अस्पतालले बताएको छ ।

अस्पतालले बिमा कार्यक्रम पुनः सूचारु गरे संगै स्थानीय तथा उपभोक्ताहरु हर्षित भएका छन । स्वास्थ्य बिमा बाट उपचार गराउन सरकारी अस्पतालबाट रेफर लिनुपर्ने झन्झटिलो ब्यवस्था प्रती भने उपभोक्ता हैरानी भएका छन । यो ब्यवस्था प्रती बोर्डले पुनर्बिचार गर्नुपर्ने देखिएको छ ।हेरौं बिज्ञप्ति:

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago