स्थगित गर्ने भनिएको स्वास्थ्य बिमा कार्यक्रम पुन: सूचारु, उपभोक्ता हर्षित 

२०७९, ६ बैशाख मंगलवार २०:५६

पाल्पा, ६ वैशाख ।
स्वास्थ्य बिमा बोर्डले रकम भुक्तानी नदिदा बिमा बाट उपचार सेवा बन्द गर्ने निर्णय गरेको तानसेनको युनाइटेड मिसन अस्पतालले उक्त निर्णय स्थगित गरेको छ । बोर्डले अस्पताललाई दिनुपर्ने रकम मध्ये २ करोड ७५ लाख ७४ हजार भुक्तानी गरेको र अगामी दिनदेखि प्रत्येक महिना भुक्तानी गर्ने समझदारी भए अनुरुप स्वास्थ्य बिमा कार्यक्रमको सेवालाई निरन्तरता दिने अस्पतालले जनाएको हो ।
अस्पतालका निर्देशक रचेल कारखद्वारा जारी एक विज्ञप्तिमा जिल्ला प्रशासन, अन्य सरोकारवालाहरुको प्रयासमा अस्पताल प्रशासन र स्वास्थ्य बिमा बोर्डबिचको छलफलपछि अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम मार्फत स्वास्थ्य सेवा सुचारु राखेको जानकारी गराउँदछौं भनिएको छ ।

स्वास्थ्य बिमा बोर्डले असार मसान्तसम्म भुक्तानी प्रक्रियालाई सेवा सम्झौता बमोजिम दाबी गरेको प्रत्येक १५ दिनमा भुक्तानी गरी अस्पतालबाट दिइने सेवाहरुको निरन्तरतामा सहयोग पुर्‍याउन समेत आग्रह गरेको छ । उसले यदि सम्झौता कार्यन्वयन नभए कार्यक्रम सञ्चालनका विषयमा पुर्नविचार गर्ने समेत अस्पतालले बताएको छ ।

अस्पतालले बिमा कार्यक्रम पुनः सूचारु गरे संगै स्थानीय तथा उपभोक्ताहरु हर्षित भएका छन । स्वास्थ्य बिमा बाट उपचार गराउन सरकारी अस्पतालबाट रेफर लिनुपर्ने झन्झटिलो ब्यवस्था प्रती भने उपभोक्ता हैरानी भएका छन । यो ब्यवस्था प्रती बोर्डले पुनर्बिचार गर्नुपर्ने देखिएको छ ।हेरौं बिज्ञप्ति:

Comments

ताजा खबर