कार्यकर्ताको भावनाविपरीत केन्द्रबाटै चुनावी तालमेल-महामन्त्री थापा

काठमाडौँ: नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय समितिको निर्णयविपरीत सत्ता गठबन्धन दलसँग चुनावी तालमेलको प्रयास थालेपछि पार्टीभित्र असन्तुष्टि बढेको छ । चैत दोस्रो साता बसेको कांग्रेस केन्द्रीय समितिको निर्णय थियो- ‘स्थानीय अवस्था र आवश्यकताका आधारमा तालमेल गर्न सक्ने ।’

तर, महानगरपालिका र उपमहानगरपालिकाका स्थानीय नेता कार्यकर्ताको भावनाविपरीत केन्द्रबाटै चुनावी तालमेल गर्ने प्रयास हुन थालेपछि नेता शेखर कोइराला समूहका नेताहरूले असन्तुष्टि जनाएका छन् । महामन्त्री गगनकुमार थापा सोमबारको गठबन्धन बैठकमा गएनन् ।
सभापति देउवाले कोइराला समूहबाट निर्वाचित महामन्त्री थापालाई गठबन्धनका बैठकमा बोलाउने गरेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको कार्यदलमा समेत सदस्य छन् । सोमबार कार्यदल र गठबन्धनको संयुक्त बैठक बसेको थियो ।

स्रोतका अनुसार दिनभरिका कुनै पनि बैठकमा थापा सहभागी भएनन् । ‘आइतबारसम्म गगनजी पनि बैठकमा हुनुहुन्थ्यो तर सोमबारको बैठकमा उहाँ आउनुभएन,’ बालुवाटार बैठकमा सहभागी एक नेताले भने, ‘त्यसले कांग्रेस तालमेलको पक्षमा एक ढिक्का छैन भन्ने प्रस्टिएको छ ।’

नेता कोइरालाले सकेसम्म चुनावी तालमेल गर्न नहुने र गर्नै परे पार्टीको केन्द्रीय समितिको निर्णयबमोजिम मात्रै गर्न सकिने भन्दै आएका छन् । सभापति देउवा पक्षकै विभिन्न जिल्लाका नेताहरूको विरोधपछि केन्द्रीय समितिले स्थानीय अवस्था र आवश्यकतामा आधारित भएर तालमेल गर्न सक्ने भन्ने निर्णय लिएको थियो ।

तर, उम्मेदवारको मनोनयनको मिति नजिकिँदै गर्दा तालमेलको नाउँमा गठबन्धन दलहरूले केन्द्रबाट भागबन्डा गर्ने निर्णय गरेर कार्यकर्तामाझ लाद्ने देखिएको छ ।

सोमबार बिहान काठमाडौं क्षेत्र नं. ४ को प्रशिक्षण कार्यक्रममा महामन्त्री थापाले स्थानीय कार्यकर्ताको भावनाविपरीत केन्द्रले जबरजस्ती लाँदेको निर्णयले सकारात्मक नतिजा नआउने बताएका थिए ।

‘देशैभरिका साथीहरुले तालमेल गर्नुहुँदैन भन्ने मत राखिरहनुभएको छ । बरु हार्नु परे हारौँला तर रुखबाहेकमा भोट हाल्दैनौँ भनेर फोन आउँछ,’ उनले अघि भनेका थिए, ‘हुन पनि हो, दलीय व्यवस्थामा निर्वाचनपछि दलहरू मिलेर सरकार बनाउने कुरा स्विकार्न सकिन्छ । तर, निर्वाचनमा नै तालमेल गर्नु ठीक होइन । त्यसमाथि यो त स्थानीय चुनाव हो । स्थानीय नेता कार्यकर्ताको भावनाविपरीत कसरी गठबन्धन गर्ने ?’

महामन्त्री थापाले स्थानीयको भावनाविपरीत केन्द्रबाट निर्णय गरे त्यसको नतिजा राम्रो नहुने भनेका थिए । ‘हामीले केन्द्रबाट गठबन्धन थोपर्‍यौँ भने त्यसको नतिजा हामीले सोचेको भन्दा फरक आउन सक्छ । मैले गठबन्धन र पार्टीको शीर्ष बैठकमा यही कुरा राख्दै आएको छु,’ उनले भनेका थिए । देशभरका ५० भन्दा जिल्लाबाट तालमेल नगरौँ भन्ने सन्देश आएको महामन्त्री थापाको भनाइ थियो ।

सत्ता गठबन्धनमा छ महानगर र ११ उपमहानगरमा सिट भागबण्डाको प्रयास भइरहेको छ । तर, ती सबैजसो ठाउँबाट कांग्रेसका नेता कार्यकर्ताले तालमेल गर्न नसकिने भनिरहेका छन् ।

अहिलेसम्म नेपाली कांग्रेसका विराटनगर, वीरगन्ज र काठमाडौं महानगरपालिकाले चुनावी तालमेल नै आवश्यक नभएको निर्णय गरेका छन् भने भरतपुर, ललितपुर र पोखरा महानगरपालिकाले पनि कांग्रेसले मेयर नपाए गठबन्धन गर्न नसकिने अडान राखेका छन् । उपमहानगरमा पनि त्यस्तै विरोध छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago