मापदण्ड परिमार्जनगर्दै मिस नेपालका लागि आवेदन खुला

काठमाडौं: मिस नेपाल-२०२२ को आवेदन खुला भएको छ । आयोजक द हिडन ट्रेजरले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै वैशाख ३१ गतेसम्म आवेदन खुला गरिएको जनाएको हो । असार ४ गते ललितपुरको गोदावरीस्थित तीन हजार दर्शक अट्ने सनराइज कन्भेन्सन सेन्टरमा ग्रान्ड फिनाले हुने भएको छ । यसपटकको संस्करणमा भाग लिने प्रतियोगिताको मापदण्डमा केही परिवर्तन गरिएको छ ।
प्रतियोगीको उचाइ १ इन्च घटाएर ५ फिट ३ इन्च तोकिएको छ । प्रतियोगीको उमेर पनि १८ वर्षदेखि २७ वर्ष कायम गरिएको छ । यसपटक सुप्रान्यासनल टाइटललाई हटाइएको छ ।

बढीभन्दा बढी प्रतिस्पर्धीलाई सजिलो होस् भनेर केही नियममा परिवर्तन गरेका हौं,’ हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले बताए । उनका अनुसार मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल टाइटललाई निरन्तरता दिइएको छ । अध्यक्ष राजकर्णिकारले केही प्राविधिक कारणले सुप्रान्यासनल टाइटललाई हटाउनुपरेको बताए । यसपटक सातै प्रदेशमा अडिसन लिइने भएको छ । वीरगञ्ज, धरान, नेपालगञ्ज, पोखरा, सुर्खेत र काठमाडौंमा अप्रिल २२ देखि मे १० सम्म अडिसन चल्ने भएको छ ।

राजकर्णिकारले सबै जात, धर्म र सम्प्रदायका युवतीले मिस नेपालमा भाग लिन सक्ने बताउँदै कुनै पैसा नलाग्ने बताए । ‘मिस नेपाल निःशुल्क हुनेछ । कुनै शुल्क लाग्नेछैन,’ उनले भने । पत्रकार सम्मेलनमा बोल्दै मिस नेपाल वर्ल्ड-२०२० नम्रता श्रेष्ठले विश्व सुन्दरी प्रतियोगितामा भाग लिनु आफ्नो जीवनको महत्वपूर्ण क्षण भएको अनुभव सुनाइन् ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago