नेपाली रजनितिको बाछिटा एनआरएनए महाधिवेशन पनि , शेष घलेले डाके तयारी भेला

एनआरएनएको १० औं महाधिवेशनको पूर्वसन्ध्यामा प्रमुख संरक्षक शेष घलेले तयारीलाई तीव्रता दिएका छन् । घलेले महाधिवेशनका विषयमा छलफल गर्न तयारी समितिका संयोजक सोनाम लामाको निवासमा शनिबार बैठक राखेका छन् ।

वर्तमान नेतृत्वले एकपक्षीय ढंगबाट निर्वाचन कार्यक्रम अघि बढाएपछि एनआरएनए विभाजनको संघारमा पुगेको भन्दै घलेले हस्तक्षेप गरी लामाको संयोजकत्वमा समिति बनाएका थिए । सोही समितिमार्फत महाधिवेशन तयारीका गतिविधिबारे जानकारी लिन उनले भेला डाकेका हुन् ।

एनआरएनए पदाधिकारीहरूका अलावा अध्यक्षका आकांक्षी कुल आचार्य, महासचिव आकांक्षी डा.केशव पौडेललगायत सहभागी बैठकमा महाधिवेशनमा कसरी अगाडि जाने भन्ने विषयमा छलफल भएको बताइएको छ ।

बैठकमा प्रमुख संरक्षक घलेले तोकिएकै समयमा राजधानीमा निर्वाचन हुने भन्दै सहभागिता र आवश्यक तयारीका लागि निर्देशन दिएको डा.पौडेलले जानकारी दिए । उनले सबै पक्षलाई महाधिवेशनमा सहभागिताका लागि आग्रह गरेका थिए ।

महाधिवेशनको मिति नजिकिएसँगै राजधानीमा एनआरएनए अगुवाहरु भित्रने क्रम जारी छ । हाल एनआरएनए अध्यक्ष कुमार पन्त तथा पूर्व अध्यक्ष जीवा लामिछानेलगायत पनि राजधानीमै छन् । घलेले सबै पक्षलाई समेट्न अधिकतम प्रयास जारी राखेका छन् । एनआरएनएको चैत ८ देखि ११ गतेसम्म काठमाडौंमा १० औं महाधिवेशन हुँदैछ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago