हामीले हार्‍यौं भने संविधान, जनयुद्ध, परिवर्तन, शान्ति प्रक्रिया हार्ने खतरा छ

काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अहिले पनि गणतन्त्र र परिवर्तनको विरुद्धमा लागेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । गणतन्त्र र राजनीतिक परिवर्तनको विरुद्धमा भइरहेका गतिविधि रोक्नका लागि माओवादी, कांग्रेस र अन्य वामपन्थी दलहरू एकजुट हुनुपर्ने दाहालको भनाइ थियो ।
सिन्धुलीमा पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै दाहालले एमाले अध्यक्ष ओलीलाई परिवर्तन पाच्य नभएको पनि बताए । ‘लोकतानत्रिक गणतन्त्रका लागि जनयुद्ध र जनआन्दोलन चलिराखेको थियो । जनतिबेला हामी त्यो प्रक्रियामा अगाडि बढिरहेका थियौं । यो देशमा आफूलाई ठूलो पार्टी भन्ठान्ने केही नेताहरू नेपालामा गणतन्त्र सम्भव छैन, गणतन्त्र आउँछ भन्नु र गोरुगाडा चढेर अमेरिका जान्छु भन्नु एउटै हो भन्थे,’ उनले भने, ‘ती अहिले पनि गणतन्त्रको विरोधमा छन् । अहिले पनि गोरुगाडाको सिद्धान्तमा नै छन् ।’
संविधानको समावेशी र समानुपातिकता, दलित, महिला, मधेसी, आदिवासी जनजाति, उत्पीडित, मजदुर, किसानले मौलिक अधिकार पाएको तथा राज्यका निकायमा उनीहरूको प्रतिनिधित्व भएको नरुचाएकाहरूले मुलुकमा अस्थिरता ल्याउन खोजेको दाहालको भनाइ थियो । ‘उनीहरू संविधान उल्ट्याउन चाहन्छन्, गणतन्त्र उल्ट्याउन चाहन्छन् । यो देशलाई धार्मिक अतिवादमा लगेर विदेशीको अगाडि सुम्पिन चाहेका छन्,’ उनले भने । शान्ति सम्झौतामा हस्ताक्षर गर्ने माओवादी र कांग्रेस लगायतका वामपन्थी एकजुट भएर अगाडि नबढ्ने हो भने कुनै पनि बेला देशमा दुर्घटना हुने खतरा रहेको उनले आशंका व्यक्त गरे ।

दाहालले पार्टी कार्यकर्तालाई आराम गर्ने अवस्था नरहेको भन्दै गाउँघर जान निर्देशन दिए । आफू पनि दिनदिनै विभिन्न जिल्ला गइरहेको भन्दै उनले कार्यकर्ताहरूलाई जनताको घरदैलोमा गएर पार्टीको पक्षमा काम गर्न भनेका हुन् । ‘हामीले अझै पनि रिल्याक्स गर्ने स्थिति छैन । प्रतिनिधिसभाको पहिलो विघटन असफल पारेपछि हामी नेताहरू केही रिल्याक्स गर्न खोज्यौं तर दोस्रोपटक संसद् विघटन गरियो,’ दोस्रो विघटनमा संसद्को दोस्रो ठूलो दल कांग्रेसलाई साथमा लिएर असफल पारिएको भन्दै उनले थपे, ‘तर खतरा अझै टरेको छैन । रिल्याक्स गरियो र जितिसकियो भन्ने हो भने कुनै पनि बेला खतरा आउन सक्छ ।’

स्थानीय तहको निर्वाचनलाई सामान्यरूपमा नलिन दाहालले कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । उनले भने, ‘यो निर्वाचन सामान्य नठान्नुहोला । अरुको लागि सामान्य निर्वाचन हो । माओवादीको लागि त्यो होइन । हामीले हार्‍यौं भने संविधान, जनयुद्ध, परिवर्तन, शान्ति प्रक्रिया हार्ने खतरा छ । हाम्रा लागि यो लडाइँ हो । यो जित्नैपर्छ,’ उनले भने ।

गठबन्धनको भरमा नपर्न पनि दाहालले कार्यकर्ताहरूलाई भनेका थिए । उनले पार्टी बलियो भयो भने अरुले गठबन्धन गरौं भनेर आउने कमजोर भए कसैले नटेर्ने उल्लेख गरे । गठबन्धन बचाउने तर त्यसकै भरमा निर्वाचनमा जान नहुने उनको भनाइ थियो । ‘गठबन्धनको भर परेर ढुक्कसँगले नसुत्नु होला । आफैं जित्ने गरी पार्टी बनायौं भने मात्रै गठबन्धन पनि कामकाजी हुन्छ । आफूले जित्ने तयारी नगरीकन गठबन्धनको भर गरियो भने भन्न सकिन्न भोलि बिहान के हुन्छ ? त्यसकारण आफ्नो तयारी राम्रो गरौं । अनिमात्रै गठबन्धन हामीलाई खोज्दै खोज्दै आउँछ,’ उनको निर्देशन थियो ।

गठबन्धनबारे नेताहरूका फरक-फरक धारणा आइरहेका बेला दाहालले भने, ‘हामी बलियो भएको देखिएनौं भने गठबन्धन अन्त अन्त दौडिने हुन्छ । हामीले रगत बगाएर ल्याएको परिवर्तनलाई हामीले नै रक्षा गर्ने हो । आत्मविश्वास र जोशका साथ लाग्नुहोस् ।’

माओवादीलाई विभाजित गर्न करोडौं खर्च भइरहेको पनि दाहालको आरोप थियो । उनले माओवादी नेतृत्वलाई घेराबन्दी गर्ने, बद्नाम गर्ने काम भइरहेको पनि आरोप लगाए । तर त्यो खर्च र घेराबन्दी कसले गरिरहेको भन्ने खुलाएनन् ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago