नेपाली रजनितिको बाछिटा एनआरएनए महाधिवेशन पनि , शेष घलेले डाके तयारी भेला

एनआरएनएको १० औं महाधिवेशनको पूर्वसन्ध्यामा प्रमुख संरक्षक शेष घलेले तयारीलाई तीव्रता दिएका छन् । घलेले महाधिवेशनका विषयमा छलफल गर्न तयारी समितिका संयोजक सोनाम लामाको निवासमा शनिबार बैठक राखेका छन् ।

वर्तमान नेतृत्वले एकपक्षीय ढंगबाट निर्वाचन कार्यक्रम अघि बढाएपछि एनआरएनए विभाजनको संघारमा पुगेको भन्दै घलेले हस्तक्षेप गरी लामाको संयोजकत्वमा समिति बनाएका थिए । सोही समितिमार्फत महाधिवेशन तयारीका गतिविधिबारे जानकारी लिन उनले भेला डाकेका हुन् ।

एनआरएनए पदाधिकारीहरूका अलावा अध्यक्षका आकांक्षी कुल आचार्य, महासचिव आकांक्षी डा.केशव पौडेललगायत सहभागी बैठकमा महाधिवेशनमा कसरी अगाडि जाने भन्ने विषयमा छलफल भएको बताइएको छ ।

बैठकमा प्रमुख संरक्षक घलेले तोकिएकै समयमा राजधानीमा निर्वाचन हुने भन्दै सहभागिता र आवश्यक तयारीका लागि निर्देशन दिएको डा.पौडेलले जानकारी दिए । उनले सबै पक्षलाई महाधिवेशनमा सहभागिताका लागि आग्रह गरेका थिए ।

महाधिवेशनको मिति नजिकिएसँगै राजधानीमा एनआरएनए अगुवाहरु भित्रने क्रम जारी छ । हाल एनआरएनए अध्यक्ष कुमार पन्त तथा पूर्व अध्यक्ष जीवा लामिछानेलगायत पनि राजधानीमै छन् । घलेले सबै पक्षलाई समेट्न अधिकतम प्रयास जारी राखेका छन् । एनआरएनएको चैत ८ देखि ११ गतेसम्म काठमाडौंमा १० औं महाधिवेशन हुँदैछ ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago