फाइल फोटो
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले रामेछापको खिम्तीमा निर्माण सम्पन्न भएको २२०/१३२ केभीको नयाँ खिम्ती सबस्टेसनको औपचारिक उद्घाटन गरेका छन्। शनिबार हेलिकाेप्टरमार्फत खिम्ती पुगेका प्रधानमन्त्री देउवाले माथिल्लो तामाकोसीसहित एक हजार मेगावाट विद्युत निर्यात गर्ने नेपालकै दोस्रो ठूलो सबस्टेसनको उद्घाटन गरेका हुन् ।
उक्त सबस्टेसनबाट हाल माथिल्लो तामाकोसी आयोजनाको ४५६ मेगावाट, लिखु ४ को ५२ मेगावार्ट र लिखु ए जलविद्युत आयोजनाको २४ मेगावाट विद्युत नेसनल ग्रिडमा जोडिएको छ। तामाकोसी करिडोरका सानाठूला गरी आधा दर्जन निजी तथा सरकारी लगानीको जलविद्युत आयोजनाबाट उत्पादित विद्युत खिम्ती सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ।
सबस्टेसन उद्घाटन कार्यक्रममा ऊर्जामन्त्री पम्फा भुसाल, बागमती प्रदेशका वन तथा वातावरणमन्त्री विशाल खड्का , ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्की, दोलखाका सांसदहरु जीपछिरिङ लामा, पूर्वमन्त्री पार्वत गुरुङलगायत सहभागी थिए।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…