काठमाडौँ: नेपाल क्रिकेट संघ (क्यान) ले गत डिसेम्बरमा सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय टिमको कमाण्ड सम्हाल्ने जिम्मा दियो । लामिछानेको कप्तानीमा नेपाली टोलीले ओमानमा चार देशीय टी-ट्वान्टी सिरिजसँगै सबैभन्दा महत्वपूर्ण मानिएको आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप खेल्यो ।

फेब्रुअरी १८ देखि २४ सम्म चलेको छनोटको महत्वपूर्ण खेल अर्थात् सेमिफाइनलमा नेपाल युनाइटेड अरब ईमिरेट्स (युएई) सँग ६८ रनले पराजित भयो । युएईसँग पराजित भएसँगै नेपाल यसै वर्ष अष्ट्रेलियामा हुने आईसीसी टी-ट्वान्टी विश्वकप खेल्नबाट नेपाल वञ्चित भयो । ग्लोबल स्टारको रूपमा चिनिएका लामिछानेले नेपाललाई विश्वकपसम्म पुर्‍याउने अपेक्षा थियो। तर, उनले त्यो खुसी दिलाउन सकेनन् ।

टी-ट्वान्टी विश्वकप छनोटमा देखाएको निराशालाई भुलाउन कप्तान लामिछानेका लागि आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ हुने अपेक्षासमेत गर्न थालिएको थियो । तर यता पनि उनको कप्तानीमा निराशामात्रै हात पर्‍यो ।

लामिछानेका लागि विश्वकप लिग-२ अन्तर्गत नेपाललाई शीर्ष तीनमा उभ्याउनु ठूलै चुनौतीको रुपमा रहेको छ । किनभने शीर्ष तीनमा रहने टोली २०२३ को आईसीसी पुरुष विश्वकपका लागि हुने छनोटमा स्थान बनाउन सफल हुनेछ ।

त्यतिमात्र नभएर शीर्ष तीनमा रहने टोलीसँगै चौथों र पाँचौं स्थान हात पार्ने टोलीले अर्को चार वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता समेत कायम राख्नेछ । जबकी पुछारका ४ टिमले विश्वकप छनोटका लागि प्लेअफ खेल्नुपर्ने आईसीसीले जनाएको छ ।

तर लामिछानेको कप्तानीमा लिग-२ मा नेपालले लगातार निराशाजनक प्रदर्शन गरिरहेको छ । उनको कप्तानीमा नेपालले लिग-२ का १२ खेल खेलिसकेको छ । तर केवल ४ खेलमा मात्र जित हात पार्दा ७ खेलमा पराजय भोगेको छ । एक खेल ‘टाइ’ भएको छ ।

विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिमले लामिछानेको कप्तानीमा सर्वप्रथम युएईको भ्रमण गरेको थियो ।

युएईमा नेपालले घरेलु टोली युएईसँगै पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध समान २-२ खेल खेल्यो । मार्च १५ देखि २२ सम्म चलेको उक्त सिरिजमा नेपालले पीएनजीलाई दुबै खेलमा पराजित गरेको भएपनि युएईविरुद्धको दुवै खेल हार्‍यो ।

पहिलो खेलमा पीएनजीलाई २ विकेटले पराजित गर्दा दोस्रो खेलमा नेपालले ७ विकेटको जित निकालेको थियो । तर युएईविरुद्ध पहिलो खेल ४८ रन तथा दोस्रो खेल ९९ रनले हार्‍यो ।

उनकै कप्तानीमा लिग-२ को सिरिजका लागि नेपालले अमेरिकाको भ्रमण गर्‍यो । जुन ८ देखि १५ सम्म नेपाल, अमेरिका र ओमनबीच चलेको सिरिजमा नेपालले केवल एक खेल जित्यो । एक खेलमा ओमानलाई पराजित गर्दा अमेरिकासँगको खेल ‘टाइ’ भएपछि अंक बाडेको थियो । ओमान र अमेरिकासँग समान एक-एक खेलमा पराजित भयो ।

नेपालले एक खेलमा ओमानलाई ७ विकेटले पराजित गर्दा अमेरिकासँगको खेल २ सय ७४ रनमा ‘टाइ’ भएको थियो, अर्थात अमेरिका भ्रमणमा नेपालले केवल एक खेल जित्यो । तर अन्य खेलमा ओमानले नेपालमाथि १३ रनको जित तथा अमेरिकाले ३९ रनको जित हात पारेको थियो ।

लिग-२ अन्तर्गतकै सिरिजका लागि लामिछानेको कप्तानीमा भर्खरै स्कटल्यान्डको भ्रमण टुंग्याएको छ । स्कटल्यान्डमा पनि नेपालले निराश पार्ने नतिजा नै ल्याएको छ । कम्तिमा ३ खेल जित्ने उदेश्यसहित स्कटल्यान्ड पुगेको नेपाली टिमले चारमध्ये केवल एक खेल जित्यो । यस सिरिजमा नेपालले नामिबियासँगको दुवै खेल हार्दा स्कटल्यान्डलाई एक खेलमा पराजित गर्‍यो र एक खेलमा पराजय भोग्यो ।

नामिबियाले नेपाललाई पहिलो खेलमा ४० रनले पराजित गर्दा दोस्रो खेलमा ६३ रनले स्तब्ध तुल्यायो । स्कटल्यान्डविरुद्ध नेपालले पहिलो खेल ५ विकेटले जित्दा दोस्रो खेल भने ८ विकेटले हार्न पुग्यो ।

पछिल्ला नतिजासँगै सात टिमको सहभागिता रहेको लिग-२ अन्तर्गत नेपाल २० खेलबाट केवल १७ अंक जोडेर छैटौं स्थानमा छ । २० खेलबाट जम्म २ अंक जोडेको पीएनजीमात्र नेपाल भन्दा पछि छ ।

सबै ३६ खेल खेलेको ओमान ४४ अंकसहित शीर्ष, २४ खेलबाट ३४ अंक जोडेको स्कटल्यान्ड दोस्रो, २२ खेलबाट २६ अंक जोडेको युएई तेस्रो, २४ खेलबाट २३ अंक जोडेको अमेरिका चौथों तथा नामिबिया १८ खेलबाट १८ अंकसहित सहित पाँचौ स्थानमा छ । नेपालले अब १६ खेल खेल्न बाँकी छ र शीर्ष ३ मा पुग्न कम्तिमा युएई, अमेरिका र नामिबियालाई पछि पार्नु पर्ने हुन्छ ।

स्कटल्यान्डमा नेपाली ब्याट्सम्यानहरूले गरेको प्रदर्शन तथा उनीहरूले क्रिजमा देखाएको खेल्ने शैलीले नेपाल शीर्ष तीनमा पर्ने सम्भावना घट्दै गएको देखाएको छ ।

अझ स्कटल्यान्ड भ्रमण अघि क्यानाडामा नेपाली टिम हुँदा कप्तान लामिछानेले शून्य सहयोग पाएको ट्वीट गरेका थिए । लगतै त्यसपछि अलराउन्डर दिपेन्द्र सिंह ऐरीको खुलेर प्रशंसा गरेका थिए । तर नेपाली टिमको प्रदर्शन हेर्दा कप्तानलाई टिमका अधिकांश खेलाडीहरूले असयोग गरिरहेका देखिन्छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago