होटल पौवाको स्विमिङ पुलमा डुबेर एक युवाको मृत्यु

भैरहवा: भैरहवामा स्विमिङ पुलमा डुबेर एक युवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी नवरत्न पौडेलले होटल पौवाको स्विमिङ पुलमा डुबेर सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ बस्ने २७ वर्षीय सुमित तुलाधरको मृत्यु भएको पुष्टि गरे ।

सिद्धाथनगर नगरपालिकाको स्वामित्वमा रहेको जग्गा शुभ ओम कम्पनीले बाल उद्यान सञ्चालन गर्ने भनेर सम्झौता गरे पनि उद्देश्यविपरीत संरचना बनाएर होटल चलाइरहेको छ । होटलको सोही स्विमिङ पुलमा डुबेर स्थानीय युवाको मृत्युु भएको हो ।

गर्मी बढेसँगै स्वमीङ जानेको मानिसको संख्या बढेको छ, । गर्मी छल्न साथीहरूसँग स्वीमिङ गर्न पुगेका तुलाधर सवा ५ बजेतिर पानीमा डुबेका थिए । उद्धार गरी अस्पताल लगिएका उनको उपचारका क्रममा मृत्यु भएको डिएसपी पौडेलले बताए ।

होटल परिसरमा २ वटा स्विमिङ पुल, र माछा पालनसहितको एक पोखरी पनि छ, जहाँ बेला बेलामा बोटिङ हुन्छ ।

यही साता मात्रै बुटवलमा पनि स्वमिङ पुलमै डुबेर एक युवाको मृत्यु भएको थियो । होटल तथा वाटर पार्क र स्विमिङ पुल सञ्चालकहरूले सुरक्षा मापदण्ड नअप्नाउँदा एक साता नबित्दै अर्को दुःखद घटना दोहोरिएको हो ।

सेफ्टी गार्ड र सुरक्षा मापदण्ड अपनाएर मात्रै सञ्चालन गर्नु पर्नेमा होटलहरूले वेवास्ता गर्दा दुखद घटना घट्ने गरेको छ ।

मृतकका भाइ अशोक राज श्रेष्ठले होटेलको स्विमिङ पुलमा चरम लापरबाहीका कारण दुःखद घटना भएको बताए, उनले घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन्।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago