काठमाडौं: ताप्लेजुङ र धादिङमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । ताप्लेजुङको श्रीजंघा गाउँपालिका–७ ट्याम्फुमा बिहीबार राति गएको पहिरोले सोही ठाउँ बस्ने उद्योग अधिकारीको घर र गोठ पुर्दा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरूमा उद्योग अधिकारीकी श्रीमती ५७ वर्षीया तुलसा अधिकारी र बुहारी ३४ वर्षीया यशोधा अधिकारी रहेका छन् ।
पहिरोमा पुरिएर घाइते भएका उद्योग अधिकारीका छोरा ५७ वर्षीय बिष्णु अधिकारीलाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरद्वारा कोशी अस्पताल विराटनगर मोरङ पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ, ईलाका प्रहरी कार्यालय तेल्लोक र प्रहरी चौकी खेवाङबाट खटिएको प्रहरीले आवश्यक उद्धार एवं अनुसन्धान गरिरहेको छ ।
धादिङको गंगाजमुना गाउँपालिका–७ गाँउ बस्ने ८३ वर्षीया धन माया सार्कीको गएराति पहिरोले पुरिएर मृत्यु भएको छ ।
उनको घर अविरल बर्षाको कारण भत्किँदा उनी पुरिएको थियो । सोही क्रममा उनको मृत्यु भएको हो ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…