शिक्षामन्त्री पौडेल र एडीबीका उपाध्यक्ष चैनबीच भेटवार्ता भएको छ

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र एसियाली विकास बैंकका उपाध्यक्ष सिजिङ चैनबीच सोमबार भेटवार्ता भएको छ।

भेटमा शिक्षामन्त्री पौडेलले शिक्षा क्षेत्र सुधारका विभिन्न प्रस्ताव राखेको मन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार मन्त्री पौडेलले तीन वर्षमा सबै विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्ने, शिक्षक दरबन्दी पूरा गर्ने, क्याम्पस पुनर्निर्माण गर्ने, शिक्षक तालिमको व्यवस्थापन गर्ने, प्राविधिक शिक्षा विस्तार गर्ने र शिक्षण संस्थामा आइसिटी ल्याबको व्यवस्था गर्नेलगायत प्रस्ताव गरेका थिए। मन्त्री पौडेलको प्रस्तावमा उपाध्यक्ष चैनले सहयोग गर्ने प्रतिबद्धता जनाए।

उनले शिक्षा क्षेत्रमा एडीबीको निरन्तर सहयोग रहेको समेत स्मरण गराए। आगामी दिनमा विद्यालय क्षेत्र विकास कार्यक्रम, प्राविधि तथा व्यावसायिक शिक्षा र तालिम तथा उच्च शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago