चैत महिनामा वीरगञ्ज भन्सारको संकलन लक्ष्यभन्दा कम

वीरगञ्ज– देशको प्रमुख आर्थिक नाका वीरगञ्ज भन्सारले चालु आर्थिक वर्षको चैत महिनामा लक्ष्यभन्दा कम राजश्व संकलन गरेको छ। चैत महिनामा भन्सार विभागले लक्ष्यभन्दा साढे सात प्रतिशत कम राजश्व संकलन गरेको हो।

चैत महिनामा वीरगञ्ज भन्सार कार्यालयले १६ अर्ब ४३ करोड ३५ लाख एक हजार राजश्व संकलन गरेको छ। यस महिनामा भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई १७ अर्ब ७७ करोड ६ लाख ६१ हजार राजश्व संकलन गर्ने लक्ष्य दिएको थियो।

यस आँकडाअनुसार वीरगञ्ज भन्सार कार्यालय तोकिएको लक्ष्यभन्दा साढे सात प्रतिशत कम राजश्व संकलन गरेको हो।

चैत महिनामा वीरगञ्ज भन्सार कार्यालयले मूल्य अभिवृद्धि करबाट ७ अर्ब २५ करोड ६८ लाख ८० हजार,भन्सार महसुल आयातबाट पाँच अर्ब ८४ करोड ७२ लाख ६६ हजार,अन्तःशुल्कबाट एक अर्ब १० करोड ९९ लाख ७८ हजार राजश्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ।

गत आर्थिक वर्ष २०७७/७८ मा यहि महिनामा भने वीरगञ्जभन्सार कार्यालयले भन्सार विभागबाट पाएको लक्ष्यभन्दा ३१ प्रतिशत बढी राजश्व संकलन गरेको थियो।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago