रामेछाप समाज जापानको पुनर्गठन तथा नयाँ वर्ष शुभकामना कार्यक्रम हुँदै ।

जापान । सम्पूर्ण जापानवासी रामेछापेलीहरु एकजुट हौं भन्ने नारासहित रामेछाप समाज जापानको पुनर्गठन तथा नयाँ वर्ष २०७९ सालको शुभकामना आदान प्रदान कार्यक्रम हुने भएको छ ।

रामेछापबाट विभिन्न पेशा ,व्ववसाय ,अध्ययनको सिलसिलामा जापान आई बसेका रामेछापबासीहरुको २०७३ बैशाख अर्थात २०१६ मा भएको प्रथम भेलाले रामेछाप समाज जापानको गठन गरेको थियो । निकेश श्रेष्ठ संस्थापक अध्यक्ष र पर्शुराम बस्नेत संस्थापक महासचिव लगाएतको पहलमा गठन भएको रामेछाप समाज जापानले दोस्रो अधिवेशनबाट उत्तम श्रेष्ठलाई अध्यक्ष र शिक्षशान्ति वाईबालाई महासचिव चयन गरेको थियो ।

रामेछाप समाज जापानलाई निरन्तरता दिदै जापानमा रामेछापेलीहरु संगठित गर्दै लैजाने, एक अर्कालाई आईपर्ने समस्यामा सहयोगी बन्ने लगाएत जापानका संघ संस्थाहरुसंग सहकार्य गर्दै लैजाने भेलामा छलफल हुने जनाएको छ ।
कोरोना महामारी संगै विगत ३ बर्षअघि देखि निस्कृय रहेको रामेछाप समाज जापानको पुनर्गठन तथा नयाँ वर्ष २०७९ सालको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन आयोजकले सबै जापानबासी रामेछापेलीलाई अनुरोध गरेको छ ।
रामेछाप समाज जापानको पुनर्गठन तथा नयाँ वर्षको शुभकामना आदान-प्रदान कार्यक्रम निम्न मिति समय र स्थानमा हुने भएकोले जापानवासी रामेछापेली दाजूभाई दिदीबहिनीलाई उपस्थितिको लागि सविनय अनुरोध गरिन्छ ।

तपशिल
मिति : २०२२-०४-२४ तारिख आईतबार
समय : १६:०० बजेबाट
स्थान : मादल रेष्टुरेण्ट कामता @Tokyo To Ota-ku Nishi kamata 7-29-5 new kamata building,6f 603
सम्पर्क नम्बर 080-6655-6877, 03-4361-3103
आयोजक
रामेछाप समाज जापान पुनर्गठन तयारी समिति

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago