रामेछाप समाज जापानको पुनर्गठन तथा नयाँ वर्ष शुभकामना कार्यक्रम हुँदै ।

जापान । सम्पूर्ण जापानवासी रामेछापेलीहरु एकजुट हौं भन्ने नारासहित रामेछाप समाज जापानको पुनर्गठन तथा नयाँ वर्ष २०७९ सालको शुभकामना आदान प्रदान कार्यक्रम हुने भएको छ ।

रामेछापबाट विभिन्न पेशा ,व्ववसाय ,अध्ययनको सिलसिलामा जापान आई बसेका रामेछापबासीहरुको २०७३ बैशाख अर्थात २०१६ मा भएको प्रथम भेलाले रामेछाप समाज जापानको गठन गरेको थियो । निकेश श्रेष्ठ संस्थापक अध्यक्ष र पर्शुराम बस्नेत संस्थापक महासचिव लगाएतको पहलमा गठन भएको रामेछाप समाज जापानले दोस्रो अधिवेशनबाट उत्तम श्रेष्ठलाई अध्यक्ष र शिक्षशान्ति वाईबालाई महासचिव चयन गरेको थियो ।

रामेछाप समाज जापानलाई निरन्तरता दिदै जापानमा रामेछापेलीहरु संगठित गर्दै लैजाने, एक अर्कालाई आईपर्ने समस्यामा सहयोगी बन्ने लगाएत जापानका संघ संस्थाहरुसंग सहकार्य गर्दै लैजाने भेलामा छलफल हुने जनाएको छ ।
कोरोना महामारी संगै विगत ३ बर्षअघि देखि निस्कृय रहेको रामेछाप समाज जापानको पुनर्गठन तथा नयाँ वर्ष २०७९ सालको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन आयोजकले सबै जापानबासी रामेछापेलीलाई अनुरोध गरेको छ ।
रामेछाप समाज जापानको पुनर्गठन तथा नयाँ वर्षको शुभकामना आदान-प्रदान कार्यक्रम निम्न मिति समय र स्थानमा हुने भएकोले जापानवासी रामेछापेली दाजूभाई दिदीबहिनीलाई उपस्थितिको लागि सविनय अनुरोध गरिन्छ ।

तपशिल
मिति : २०२२-०४-२४ तारिख आईतबार
समय : १६:०० बजेबाट
स्थान : मादल रेष्टुरेण्ट कामता @Tokyo To Ota-ku Nishi kamata 7-29-5 new kamata building,6f 603
सम्पर्क नम्बर 080-6655-6877, 03-4361-3103
आयोजक
रामेछाप समाज जापान पुनर्गठन तयारी समिति

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago