फाइल फोटो
काठमाडौँ । विश्वकप लिग टू अन्तर्गतको त्रिदेशीय क्रिकेट शृङ्खलामा नेपाल आज युनाइटेड अरब इमिरेट्स (युएई) सँग खेल्दैछ ।
युएईको दुबाइमा हुने खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । युएईले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गर्ने भएको हो । नेपालले आज विनोद भण्डारीको ठाउँमा कमलसिंह ऐरीलाई खेलाउने भएको छ ।
पहिलो खेलमा युएईले पपुवा न्युगिनीलाई ७ विकेट हराएको थियो । पीएनजीसँग नेपालले २ विकेटको संघर्षपूर्ण जित निकालेको थियो। दुबै टोली लगातार दोस्रो जितको खोजिमा छन्। नेपाल लिग २ का ९ खेलमा ५ जितसहित १० अंक जोड्दै छैटौं स्थानमा छ। युएई १५ खेलमा ८ मा जित र ५ मा हारसहित १८ अंकका साथ दोस्रो स्थानमा छ।
नेपालको प्लेइङ ११
सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, सागर ढकाल, करण केरी, कमलसिंह ऐरी, रोहितकुमार पौडेल, सोमपाल कामी ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…