युएईसँग नेपाल पहिले फिल्डिङ गर्दै, नेपाली टिममा एक परिवर्तन

२०७८, ४ चैत्र शुक्रबार ११:४८

काठमाडौँ । विश्वकप लिग टू अन्तर्गतको त्रिदेशीय क्रिकेट शृङ्खलामा नेपाल आज युनाइटेड अरब इमिरेट्स (युएई) सँग खेल्दैछ ।

फाइल फोटो

युएईको दुबाइमा हुने खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । युएईले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गर्ने भएको हो । नेपालले आज विनोद भण्डारीको ठाउँमा कमलसिंह ऐरीलाई खेलाउने भएको छ ।

पहिलो खेलमा युएईले पपुवा न्युगिनीलाई ७ विकेट हराएको थियो । पीएनजीसँग नेपालले २ विकेटको संघर्षपूर्ण जित निकालेको थियो। दुबै टोली लगातार दोस्रो जितको खोजिमा छन्। नेपाल लिग २ का ९ खेलमा ५ जितसहित १० अंक जोड्दै छैटौं स्थानमा छ। युएई १५ खेलमा ८ मा जित र ५ मा हारसहित १८ अंकका साथ दोस्रो स्थानमा छ।

नेपालको प्लेइङ ११
सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, सागर ढकाल, करण केरी, कमलसिंह ऐरी, रोहितकुमार पौडेल, सोमपाल कामी ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु