नागरिकता दुईवटा बनाएका युवक पक्राउ

पर्वत । नक्कली कागजात बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले एक युवालाई नियन्त्रणमा लिएको छ ।

फाइल फोटो

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार पर्वतको कुश्मा नगरपालिका–११ पकुवामा बस्दै आएका आएका २५ वर्षीय आशिष केसीलाई पक्राउ गरिएको हो।

आरोपितले नेपाली नागरिकताको एउटा प्रमाणपत्र हुँदाहुँदै पनि नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र सङ्कलन गरी पुनः अर्को नागरिकता प्रमाणपत्र लिएको पाइएको इन्स्पेक्टर अधिकारीको भनाइ छ। उक्त दोस्रो नागरिकताको प्रमाणपत्र रद्द गर्ने प्रक्रियामा रहेको तथा प्राप्त नक्कली शैक्षिक योग्यताका प्रमाणपत्रउपर छानबिन गरी आवश्यक कारबाहीका लागि पठाइएको छ।

जिल्ला प्रशासन कार्यालय पर्वतबाट प्रहरीमा गएको पत्र अनुसार शुक्रबार नै केसीलाई नियन्त्रणमा लिइएको हो। केसीका विरुद्ध लिखत सम्बन्धी कसुर ‘किर्ते गर्न नहुने’ मुद्दामा मुद्दा दर्ता गरी जिल्ला सरकारी वकिल कार्यालय पर्वतमार्फत पर्वत जिल्ला अदालतबाट पहिलोपटक चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago