आमाको हत्यामा संलग्न भएको आरोपमा पाल्पामा छोरासहित पक्राउ परेका चार जना पुर्पक्षको लागि कारागार चलान

पाल्पा: आफ्नै आमाको हत्यामा संलग्न भएको आरोपमा पाल्पामा छोरासहित पक्राउ परेका चार जना पुर्पक्षको लागि कारागार चलान भएका छन् ।
तानसेन नगरपालिका–६, स्कुलडाँडाकी ६५ वर्षीया वृद्धा सरस्वतीदेवी घर्तीको हत्यामा उनीहरू संलग्न भएको अदालतको ठहर गरेको छ ।
हत्यामा संलग्न पाल्पाको तानसेन वडा नम्बर ६ बस्ने ४२ वर्षका कमलबहादुर घर्ती, तानसेन वडा नम्बर ७ का ३१ वर्षका विजय परियार, रिब्दीकोट वडा नम्बर ४ घर भई तानसेन वडा नम्बर ६ बस्ने २३ वर्षका हरि सुनार र बगनासकाली वडा नम्बर ६ भई हाल तानसेन वडा नम्बर ६ मा बस्ने २७ वर्षका सुनील परियारलाई कारागार चलान गरिएको हो । कमलबहादुर सरस्वतीका छोरा हुन् ।

गएको पुस २३ गते सरस्वती घर्ती घर नजिकैको जंगलमा मृत भेटिएकी थिइन् ।
सोही दिन नै चार जना मिलेर महिलाको हत्या गरिएको अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

प्रहरीले पक्राउ गरेर ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान गर्दा प्रतिवादीहरूले हत्या गरेको स्वीकार गरेको प्रहरी नायव उपरीक्षक त्वातीले जानकारी दिए ।
मृतकका कान्छो छोरा गणेशबहादुर थापाले दिएको किटानी जाहेरीको आधारमा उनीहरु पक्राउ परेका थिए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago