पाल्पा । कुचो बितरणको अभियान चलाएका अभियान्ता पाल्पा क्षेत्र नंं. २ मा स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवा जीवलाल सुवेदीले समृद्ध समाज निर्माण गर्ने संकल्प रहेको बताएका छन् । सोमबार तानसेनमा पत्रकार सम्मेलन गरी उनले विकृति, विसंगती र भष्ट्राचारको अन्त्य गरी समृद्ध समाज निर्माण गर्ने बताएका हुन् । उनले अहिले समाजमा व्याप्त विकृति र विसंगती मौलाएको र भष्ट्राचारले जरो गाडेकाले त्यसको अन्त्य गरी समृद्ध र सुन्दर समाज निर्माण गर्ने आफ्नो मुख्य लक्ष्य रहेको बताए ।
सुवेदीले भने,‘आफु चुनावी अभियानका क्रममा गाउँ–गाउँ र टोल–टोलमा पुुग्दा केही ठाउँ अत्यन्त पीडादायिक नै छन् । वृद्ध बुुवा–आमा बाहेक अरु कोही पनि छैनन्, विकास भन्ने हो भने, धारा जडान गरिएको छ पानी छैन, तार टाँगिएको छ,विजुली छैन्, सडक छ गाडी पुुगेका छैनन्,यस्तो विजोग अवस्थामा हाम्रो गाउँवस्ती छन् ।’ अहिले पनि समाजको विकासले गति लिन नसकेको उनले बताए । पढेलेखेका युवाहरु सबै विदेश पलायन हुँदा गाउँ–टोलमा वृद्ध आमा बुुवा मात्र रहेको देख्दा आफुलाई भावुुक बनाउने गरेको सुवेदीले बताए । उनले भने,‘ ति युवाहरुलाई गाउँमै रोजगार दिन सक्ने हो भने गाउँ नै हराभरा र सुन्दर हुने थियो । तर त्यसतर्फ कसैको पनि ध्यान गएन् । यहाँबाट पटक –पटक सांसद र मन्त्री बने तर दुर दराजको समस्याप्रति कोही पनि गम्भीर भएनन् त्यसैले म निर्वाचित भएमा यी सबै समस्याको समाधानमा लाग्ने छु त्यो मेरो जनतासँग गरेको प्रण हो ।’
सुवेदीले समृद्ध समाज निर्माण भए मात्र देशको विकास हुने बताए । उनले सिद्धबाबा सडकको विषय पनि आफ्नो प्राथमिकतामा रहेको बताए । सुवेलीले आफुु निर्वाचित भएपछि सिद्धबाबा सडकलाई छिटो भन्दा छिटो बनाउनका लागि पहल गर्ने उद्घोष गरे । उनले जिल्लाको धार्मिक, पर्यटकीय क्षेत्रको विकासमा दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने समेत बताए । गाउँ–गाउँमा पुुग्दा जनताले दिएको साथ,समर्थन र उत्साहले आफुलाई थप बल पुुगेको र आफ्नो जित सुनिश्चित रहेको सुवेदीले दावी गरे । उनी पत्रकार समेत हुन् । सुवेदी तीन दशकदेखि पत्रकारितामा संलग्न रहँदै आएका छन् । अहिले उनी नारी पत्रिकाको प्रधान सम्पादक समेत हुन् । होटल व्यवसायी समेत रहेका सुवेदीले विगत डेढ वर्षदेखि सफा गरौं, स्वस्थ रहौं भन्ने उद्देश्यका साथ जिल्लामा कुुँचो वितरण अभियान समेत चलाउँदै आएका छन् ।
सुवेदी लाई मत किन भन्ने प्रश्नमा सुवेदी भन्नुहुन्छ
(१) शोसित पिडित जनताको जनताको चेतनास्तर बृद्धि गर्न र कक्षा १२ सम्म निःशुल्क गर्न
(२) स्वास्थ विमा पूर्ण रुपमा कार्यन्वयन गर्न
(३) सिद्धबाबाको बाटो बनाउन सांसद भवनमा ढुंगा बिक्री गरी बाटो बनाउन प्रस्ताव पेश गरी निर्णय नहुँदासम्म सांसद भवनमा अनसन बस्ने र पास भएको अर्को दिन ५० वटा डोजर लगाएर बाटो निर्माण नहुन्जेल नछोड्ने बाचा
(४) प्रत्येक गाउँपालिका ११ वटा रिसोट र उत्पादन अनुसारको उद्योग संचालन
(५) सबै गाउँपालिकामा होटल हस्पिटालि तालिम संचालन
(६) माडिमा पर्यटक ताल केन्द्र त्यो तालको पानी तानसेन बजारमा शुद्धिकरण गरी खानेपानी वितरण
(७) सबै धार्मिक मठमन्दिरमा धार्मिक भजनका लागि ५०० जना अटाउने हलको व्यवस्थापन
(८) सरसफाइका लागि प्रत्येक टोलमा २/२ जनाका दरले कर्मचारी नियुक्ति
(९) बाको जग्गाहरु लिजमा लिएर तरकारी, टिमुर, मेवा, केरा, कुरिलो लगायत फलफुल खेती त्यसका लागि १ न.पा. र ५ गाउपालिकामा १,००० कर्मचारी नियुक्ति बजार व्यवस्थापनका लागि तालमको व्यवस्था
(१०) प्रत्येक टोलमा उत्पादन अनुसारको होडिङवोर्ड
(११) नेपालमा विदेशी पर्यटक धेरै भित्र्याउन पाल्पाका पर्यटन सम्बन्धी जानकारी दिन काठमाडौं एक अफिस दोभान र बर्तुङमा १/१ वटा अफिस राख्ने र पाल्पाको पर्यटन सम्बन्धी जानकारी दिन १० जना गाइडको नियुक्ति
(१२) शिक्षक कर्मचारीहरुलाई स्थानीय सरकारबाट थप खुवाउने गरी तलव बृद्धि गर्ने
(१३) होटल राम्रो व्यवस्थापनका सबै होटललाई सहुलियत दरमा ऋणको व्यवस्थापन र तालिम
(१४) सरकारबाट कृषिको लागि आउने अनुदान रकम शुद्ध किसानलाई मात्र वितरण हस्त ५ वर्ष नकुर्दै चुनाव जिते पछि यी कामहरु शुरु हुने छ
(१५) प्रदेश खारेजको निम्ति संसदमा पहिलो मुद्दा हुनेछ । अरु धेरै छन् वालवालिका, बुद्ध, अपांग एकल महिला, अति गरिव बाटा, बिजुली सबै काम हुनेछ ।
रानीमहल दरबार १९५० मा खड्क सम्शेरले बनाएको हो । पाल्पा दरवार संग्राहलय, ऐतिहासिक टुडिखेल, भगवती मन्दिर, नारायण स्थान मन्दिर, भैरवस्थान मन्दिर, ऋषिकेश मन्दिर रिडी, श्रीनगर भ्युटावर, प्रभास, डुम्रे, दमकडा, अर्गली फॉट, बौघागुम्हा होमस्टे, सितलपाटी, पुराना ऐतिहासिक मन्दिरहरु, पुराना चिटिक्क परेका घरहरु, व्यवस्थित वडाहरुको पर्यटकीय स्थल भुसलडाँडा, मेहल्धारा, नारायणटोल, असनटोल, टक्सारटोल, बसन्तपुर टोल, भगवती टोल, मखनटोल, कैलासनगर, सापाकुम, सेतीपोखरी, बन्दिपोखरा, भीमसेनटोल, बर्तुङ, काजीपौवा टोल, प्रभास कनसरे, मदनपोखरा, डुम्रे, दमकडा, तेल्घा, बन्दिपोखरा, सम्मबारी, बौघापोखरा थोक? बौघागुम्वा होमस्टे, र अर्गली ।
यस्तै सिद्धबाबा मन्दिर, सत्यवती ताल, सुकेताल, नुवाकोट ऐतिहासिक स्थान, अंगेज युद्ध विजय, बसन्तपुर डाँडा बुटवल, भैरवदेवी डाँडा, जन्तीलुङ परमकोट, चुरेरेन्ज, हरियाली डाँडा, कचल फॉट, दुग्ध उत्पादन क्षेत्र डुम्रे, होमस्टे, सत्यवती, सुकेताल, जन्तीलुङ, मरामकोट, कृषि स्मार्ट भिलेज कचल, दोभान, झ्याङ्ला । बगनास देवी काली मन्दिर, सनराइज पोइन्ट, हिम दृश्य, राम्दी गुफा, सिद्धगुफा, रामही धाम, दर्मल महाकाली मन्दिर, महामृत्यजय शिवसन सिद्धबाबा धाम बराङ्दी, खानीगाउँ ७ मा २ सय वर्ष पुरानो अमरनारायण मन्दिर, कुमाल भाडा बनाउने चिर्तुङधारा घोरबन्दी चिर्तुङधारामा बौद्ध गुफा छन् । बल्ढेङगढी मन्दिर, रैनादेवी मन्दिर, कालिका मन्दिर मुझुङ, सिद्धेश्वर गुफा, सोमादी महेन्द्र मन्दिर रिब्दीकोट गाउँपालिकामा भैरवस्थान मन्दिर, जलेश्वर ख्याहा, छत्रदेवी मन्दिर, पालुङमैनादी, बतासेको कालिका मन्दिर, खस्यौली वडा नं. ५ को जलेश्वर शिव मन्दिर, घुनठान डाँडाबाट हिमाल देखिने । माथागढी गाउँपालिकाः माडी फाँट, कौडेलेक माथागढी ३ कसेनी, लखन थापा पार्क कसेनीमा, माडी पर्यटन, ओलेस कसेनीमा होमस्टे बनाउने । ५ हजार फिट कौडेलेक, तराईको भूभाग देखिने । य सम्पदाको संरक्षण गरेर यसको प्रयोगले आयआर्जनको माध्यम बनाउनपर्छ । यो मेरो सन्कल्पहो ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…