ठुला पार्टीलाई चुनौती बन्दै राष्ट्रिय स्वतन्त्र पार्टीे

पाल्पा । पाल्पामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा पाल्पामा स्वतन्त्र पार्टीको माहोल धेरै राम्रो बनेको छ । झण्डै २ महिना अघि पाल्पामा संगठन विस्तार गरेको राष्ट्रिय स्वतन्त्र पार्टीे पाल्पाको शक्ति दिन प्रतिदिन बढेको देखिएको छ । सुक्ष्म चुनावी अभियानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुका अनुसार ठुला राजनीतिक दलबाट खास विकास योजनाको महसुस नगरेका मतदाताहरुका लागि राम्रो विकल्पको रुपमा स्वतन्त्र पार्टी बनेको छ ।

आश्वासनका पोका बाँडेर अर्को चुनाव सम्म बिर्सने नेताका पछाडि लाग्नु भन्दा आश्वासन नबाँडने संग रहनु राम्रो लागेर राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेको बगनासकाली गाउँपालिका संयोजक रविन्द्र घिमिरेले बताउनुभयो । ‘नसक्ने कुरा किन गर्ने ? विश्वास गर्न सक्ने संगको यात्रा सजिलो हुन्छ, मलाई कुनै स्वार्थ छैन’ घिमिरेले भन्नुभयो । ‘वितृष्णा पालेर कसैको पछि लाग्नु बेकार हो । राम्रो छवि भएको रविनै ठिक लाग्यो ।’ घिमिरेले संस्था आँफैमा खराव नहुने भन्दै ब्यक्ति केन्द्रित नेतृत्व हेर्नुपर्ने बताउँनुहुन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीेमा अधिकांश काङग्रेसले मत हाल्ने आधार पाएको उम्मेदवार सुमन गैरेको दावी छ । उहाँले आफ्नो अभियानमा यस्तो तथ्याङक निकालेको दावी समेत गर्नुभयो । ‘हाम्रो मत पनि बढिरहेको छ, जितका लागि हामिले आधार बनाइसकेका छौँ’ गैरेले भन्नुभयो, ‘काङग्रेसले भोट दिने कसलाई हो ? घण्टीलाई हैन ? अनि ल न त गठबन्धन मानौँ भन्नका लागि एउटा मान्छेलाई जिल्लाका नेताहरुले भने भन्दैमा कार्यकर्ताले मानेर ३० वर्ष राज गर्न दिन्छन ? जनताले जानेका छन अहिले मत दिने हामीलाई नै हो ।’

राष्ट्रिय स्वतन्त्र पार्टीेका जिल्ला अध्यक्ष बिष्णु भण्डारीले प्रतिनिधिसभा सदस्यका लागि सुमन गैरेको जित निश्चित भइसकेको दावी गर्नुभयो । ‘हामीलाई पालिका स्तरका ठुला दलका नेताले कल गर्नु गर्नुभएको छ, ‘सार्वजनिक हुन मिल्दैन तर हामीले आन्तरिक रुपमा लागेका छौँ’ भण्डारीले भन्नुभयो, ‘काङग्रेस लगायत धेरै अन्य दलका नेता र साथीहरु हामी भन्दा बढि लाग्नु भएको छ ।’
कुटुम्ब पोष्टको सहयोगमा

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago