मादक पदार्थ बिक्री वितरण तथा सेवन नगर्न निर्वाचन आयोगकाे निर्देशन

निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रचार प्रसार निषेध भएको अवधिमा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरिएको सूचना प्रकाशन गर्नुपर्ने व्यवस्थाबमोजिम मतदानको मिति भन्दा अठ्चालीस घण्टा अघि देखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री, वितरण र सेवन निषेध गराउन निर्देशन दिने निर्णय गरेको छ ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०७९ को दफा २५ मा निर्वाचन अधिकृत तथा मतदान अधिकृतले रहेको सन्दर्भमा मतदान तथा मतगणनाको अवधिमा शान्तिपूर्ण अवस्था कायम राख्नको लागि मतदानको मिति भन्दा अठ्चालीस घण्टा अघि देखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री, वितरण र सेवन निषेध गराउन निर्देशन दिइएको हो । उक्त निर्णय यस प्रकार छ :

१.    प्रचारप्रसार निषेध भएको अवधि (मतदान शुरू हुने दिन भन्दा अठ्चालीस घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म) आवश्यक प्रबन्ध मिलाई मदिरा बिक्री, वितरण, ओसारपसार तथा सेवन गर्ने गराउनेकार्यलाई पूर्ण रूपले निषेध गर्न सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिने ।

२.    मतदान शुरु हुने दिनभन्दा अठ्चालिस घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण तथा ओसारपसारका कार्यहरू स्थगन गरी शान्तिपूर्ण वातावरणमा, स्वच्छ, स्वतन्त्र, निष्पक्ष रभयरहित निर्वाचन सम्पन्न गर्नगराउन सहजीकरण र सहयोगको आवश्यक व्यवस्था मिलाउन मदिराको बिक्री वितरणको अनुमति प्राप्त गरेका व्यवसायीलाई निर्देशन दिने।

३.    मतदान शुरु हुने दिनभन्दा अठ्चालीस घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्मको अवधिमा मदिरा बिक्री, वितरण, ओसार पसार तथा सेवन गर्ने गराउने कार्यको सूक्ष्म अनुगमन गरी आवश्यककारवाहीको व्यवस्था मिलाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, राष्ट्रिय अनुसन्धान विभाग तथा अन्य सरकारी निकायका स्थानीय तहमा रहेका कार्यालयलाई  निर्देशन दिने।

४.    उल्लिखित निर्देशनको कहीँ कतैबाट अवज्ञा भई मदिराको बिक्री वितरण, ओसारपसार र सेवन गरेको राएको वा निर्वाचनको शान्ति भंग गराएको पाइएमा आवश्यक कारबाहीका लागि नजिकको प्रहरीलाई सूचना गरी सहयोग गर्न आम नागरिकलाई अनुरोध गर्ने ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago