मादक पदार्थ बिक्री वितरण तथा सेवन नगर्न निर्वाचन आयोगकाे निर्देशन

निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रचार प्रसार निषेध भएको अवधिमा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरिएको सूचना प्रकाशन गर्नुपर्ने व्यवस्थाबमोजिम मतदानको मिति भन्दा अठ्चालीस घण्टा अघि देखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री, वितरण र सेवन निषेध गराउन निर्देशन दिने निर्णय गरेको छ ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०७९ को दफा २५ मा निर्वाचन अधिकृत तथा मतदान अधिकृतले रहेको सन्दर्भमा मतदान तथा मतगणनाको अवधिमा शान्तिपूर्ण अवस्था कायम राख्नको लागि मतदानको मिति भन्दा अठ्चालीस घण्टा अघि देखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री, वितरण र सेवन निषेध गराउन निर्देशन दिइएको हो । उक्त निर्णय यस प्रकार छ :

१.    प्रचारप्रसार निषेध भएको अवधि (मतदान शुरू हुने दिन भन्दा अठ्चालीस घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म) आवश्यक प्रबन्ध मिलाई मदिरा बिक्री, वितरण, ओसारपसार तथा सेवन गर्ने गराउनेकार्यलाई पूर्ण रूपले निषेध गर्न सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिने ।

२.    मतदान शुरु हुने दिनभन्दा अठ्चालिस घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण तथा ओसारपसारका कार्यहरू स्थगन गरी शान्तिपूर्ण वातावरणमा, स्वच्छ, स्वतन्त्र, निष्पक्ष रभयरहित निर्वाचन सम्पन्न गर्नगराउन सहजीकरण र सहयोगको आवश्यक व्यवस्था मिलाउन मदिराको बिक्री वितरणको अनुमति प्राप्त गरेका व्यवसायीलाई निर्देशन दिने।

३.    मतदान शुरु हुने दिनभन्दा अठ्चालीस घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्मको अवधिमा मदिरा बिक्री, वितरण, ओसार पसार तथा सेवन गर्ने गराउने कार्यको सूक्ष्म अनुगमन गरी आवश्यककारवाहीको व्यवस्था मिलाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, राष्ट्रिय अनुसन्धान विभाग तथा अन्य सरकारी निकायका स्थानीय तहमा रहेका कार्यालयलाई  निर्देशन दिने।

४.    उल्लिखित निर्देशनको कहीँ कतैबाट अवज्ञा भई मदिराको बिक्री वितरण, ओसारपसार र सेवन गरेको राएको वा निर्वाचनको शान्ति भंग गराएको पाइएमा आवश्यक कारबाहीका लागि नजिकको प्रहरीलाई सूचना गरी सहयोग गर्न आम नागरिकलाई अनुरोध गर्ने ।

bhabindra gautam

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago