चितवन: भरतपुर महानगरपालिकामा चारवटा वडाहरूको मत गनेर सक्दा सत्तारुढ गठबन्धनले मेयर पदमा उठाएको माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच तीव्र प्रतिस्पर्धा छ । चारवटा वडाको अन्तिम मत परिणाम आउँदा रेनु दाहाल सुवेदीभन्दा २९ मतले अगाडि छिन् । पछिल्लो पटक मत गणना सकिएको वडा नम्बर चार एमालेका लागि उत्साहप्रद रहेन ।
अघिल्लो निर्वाचनमा रोचक प्रतिस्पर्धाबीच निकै कम भोटले यो वडामा एमालेले वडाध्यक्ष जितेको थियो । अहिले एमालेका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गर्दै नेपाली कांग्रेसका अर्पण पोखरेल वडाध्यक्षमा विजयी भए । एमालेले वडाध्यक्ष मात्रै गुमाएन मेयरको प्रतिस्पर्धामा संकट आउन सक्ने संकेत पनि यो वडाले दिएको छ । यो वडामा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विशेष प्रभाव छ ।
राप्रपासँग नेकपा एमालेले मेयर उपमेयर पदमा चुनावी तालमेल गरेको छ । वडा नम्बर ४ मा एमालेका वडाध्यक्षले एक हजार ६३३ र राप्रपाका उम्मेदवारले ८८० मत ल्याएका छन् । एमाले र राप्रपाका वडाध्यक्षहरूको कुल दुई हजार ५१३ मत पाएका छन् । तर‚ मेयर पदमा विजय सुवेदीले यो वडामा जम्मा एक हजार ७४५ मत र उपमेयर पदमा राप्रपाकी हिमला गुरुङले एक हजार ५८२ मत ल्याएकी छन् ।

मेयर र उपमेयरमा एमाले र राप्रपाबीच चुनावी तालमेल भए पनि वडामा प्रभाव नपरेको पो हो कि भन्ने संकेत यसले दिएको छ । यो वडामा सत्तारुढ गठबन्धनबाट मेयर पदमा उम्मेदवार रहेकी रेनु दाहाललाई पनि तालमेलअनुरुपको मत आएको छैन । वडा नम्बर ४ मा वडा तहमै सत्तारुढ दलबीच गठबन्धन थियो । यहाँ गठबनधनबाट नेपाली कांग्रेसका उम्मेदवार अर्पण पोखरेल २ हजार ५ सय १ मत ल्याएर विजयी भए ।

तर‚ गठबन्धनबाटै मेयर पदको उम्मेदवार रहेकी दाहाललाई यो वडामा १ हजार ८ सय २४ मत आयो । यो वडामा मेयर पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार २ सय १६ मत ल्याए । पौडेलले रेनु र सुवेदी दवैलाई जाने मत आफूतिर तानेको प्रस्ट छ ।

रेनुलाई जाने कांग्रेसको मत जगन्नाथले काट्ने र राप्रपासँग तालमेल गर्दा आउने मतले विजयी हुने योजना बनाएको एमालेलाई वडा नम्बर ४ ले दिएको यो संकेत सुखद् छैन । कारण तालमेलमा रहेको राप्रपाले समेत वडा नम्बर ४ मा जसरी जगन्नाथलाई साथ दिए एमालेलाई मत अपुग हुने खतरा छ । चार नम्बर वडाको जस्तो मतको अवस्था रहे झिनो मतान्तरले अगाडि-पछाडि रहेका दाहाल र सुवेदीमध्ये मेयरको रेस रेनुका लागि अनुकूल हुँदै जान सक्छ ।

अघिल्लो स्थानीय तह निर्वाचनमा भरतपुरका वडाहरूमा मेयरले पाएको मत र अहिलेको निर्वाचनको उतारचढाव नियालिरहेका माओवादी केन्द्रका नेता सुदर्शन पौडेल प्रारम्भमा रेनु दाहाल झिनो मतले अगाडि-पछाडि परे पनि भरतपुरको १२ नम्बर वडापछि मतान्तर बढाउँदै अग्रता लिने बताउँछन् । १२ नम्बरपछिका वडाहरू सत्तारुढ गठबन्धनका लागि केही हदसम्म अनुकूल रहे पनि भरतपुरको १०, ११ र १२ नम्बर वडाबाट एमालेले मतान्तर बढाउन सक्ने आकलन एमालेकै नेताहरूको रहेको छ ।

‘१०, ११, १२ बाट हाम्रो मतान्तरमा राम्रै सुधार हुने अपेक्षा छ । त्यसपछिका कुनै कुनै वडा सत्तारुढ गठबन्धनका लागि केही सजिला होलान् तर प्रतिस्पर्धामा अहिलेकै जस्तो उही निकै थोरै मतको मात्रै अन्तर रहने छ । पश्चिमतिर हाम्रो मत राम्रो भएका वडा पनि छन् । त्यसैले हामी सफल हुनेमा विश्वस्त छौं‚’ एमाले नेता कृष्णभक्त पोखरेलले भने ।

Kamal Panthi

Recent Posts

एमालेले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ: सुरेन्द्र पाण्डे

काठमाडौं। नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले प्रतिनिधि सभा निर्वाचनको नतिजापछि पार्टीलाई गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताएका…

56 years ago

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी, कांग्रेस दोस्रो

काठमाडौं–ताप्लेजुङ। प्रतिनिधि सभा निर्वाचनमा ताप्लेजुङबाट **नेकपा (एमाले)**का उम्मेदवार क्षितिज थेबे विजयी भएका छन्। अन्तिम मतगणनाअनुसार…

56 years ago

पटकपटक मन्त्री बनेका शरतसिंह भण्डारी तेबर मतान्तरले पराजित दिपककुमार साह निर्वाचित

जनकपुरधाम–महत्त्वरी । महोत्तरी क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका अनुभवी नेता शरतसिंह…

56 years ago

प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो

प्युठान । प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्युठानबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुशान्त वैदिक विजयी भएका…

56 years ago

बालेनको जितमा ओलीको हार्दिक बधाई: ‘तपाईंको कार्यकाल सफल रहोस्’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित…

56 years ago

देउवाको किल्ला डडेल्धुरामा रास्वपाको झण्डा, ताराप्रसाद जोशी विजयी

काठमाडौं । सुदूरपश्चिमको चर्चित निर्वाचन क्षेत्र डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार ताराप्रसाद जोशी प्रतिनिधिसभा…

56 years ago