कास्की: पोखरामा विदेशी पर्यटकहरुले पनि फागु पूर्णिमा मनाएका छन् । पोखरेलीहरुसँगै विदेशी पर्यटकहरुले पनि एकआपसमा शुभकामना साट्दै रंगहरुको पर्व फागु पूर्णिमा मनाएका हुन् । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) च्याप्टर पोखराले फागु पूर्णिमाको अवसरमा लेकसाइडमा विशेष कार्यक्रम नै आयोजना गरेको थियो ।

पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ महोत्सवको रुपमा कार्यक्रम आयोजना गरिएको रेवानका अध्यक्ष लक्ष्मण वरालले बताए । महोत्सवमा नाचगान र रङले छ्यापाछ्याप गर्दै लेकसाईड परिक्रमा गर्दा विदेशी पर्यटकहरु निकै रमाएका देखिन्थे । पहिलो पटक फागु पूर्णिमामा सहभागि भएका कतिपय विदेशीहरु पनि नेपालीहरुसँगै उत्तिकै रमाइलोमा सहभागी भएका थिए । पर्यटकहरु बालबच्चाहरुसँग खुशी भएर रङ हान्न र अविर खेल्नमा ब्यस्त देखिन्थे ।

पर्यटकको बढी चहलपहल हुने लेकसाइडको तीन किलोमीटर क्षेत्रमा पर्यटकहरुलाई सहभागी गराई सामूहिक रुपमा होली खेलेर पञ्चे वाजा, संगितका साथमा फागु खेल्दै गौरीघाट, वाराहीचोक, हल्लनचोक हुँदै खहरेचोक पुगेर महोत्सव सकिएको थियो । यस प्रकारको महोत्सवले कोरोनाले सुस्ताएको पर्यटन क्षेत्रलाई चलायमान गराएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले वताए ।

महोत्सवको अवसरमा बिभिन्न स्थानमा कन्सर्ट राखिएको थियो । फागु पर्व मनाउने क्रममा ट्राफिक नियम मिचेर मोटरसाइकल चलाउने करीब ५० जनालाई नियन्त्रणमा लिएको कास्की प्रहरीका प्रवक्ता(डिएसपी) सुन्दरमणी तिवारीले जानकारी दिनुभयो । सुरक्षाका लागी पोखराका मुख्य चोकहरुमा ४ सय भन्दा बढी प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago