एमालेसँग तालमेल नहोला भन्न सकिन्न- दाहाल

रूपन्देही: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनमा एमालेसँग तालमेल हुन सक्ने संकेत गरेका छन् । गठबन्धनका हिसाबले तत्काल तालमेलका लागि छलफल नभएपनि कांग्रेसले लखेट्न खोजेको अवस्थामा एमालेसँग पनि ढोका बन्द नभएको उनले बताएका हुन् ।
लुम्बिनी प्रदेशको प्रदेशस्तरीय निर्वाचन केन्द्रित प्रशिक्षणलाई सम्बोधन गर्न बिहीबार बुटवल आएका दाहालले प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राजनीति सम्भावनाको खेल भएकाले दुवै सम्भावना उत्तिकै रहेको बताएका हुन् ।
‘एमालेसँग तत्काल कुनै छलफल भएको त छैन,’ उनले भने, ‘तर, कांग्रेसमा पनि केही अतिवादी नेताहरु छन्, उनीहरुकै कारण कांग्रेसले लखेट्नै खोज्यो भने त के हुन्छ भन्न सकिँदैन । राजनीतिमा असम्भव केही हुँदैन ।’ उनले देशभरका कार्यकर्तालाई आफ्नै शक्ति र आफ्नै एजेन्डामा तालमेलबिना नै निर्वाचन लड्न र जित्ने गरी तयार हुन निर्देशन दिएका छन् । गठबन्धनकाबीच तालमेल भइहाले पनि दशैभर नहुने र स्थानीय आवश्यकताका आधारमा मात्र हुने भएकाले आफ्नो संगठनलाई बलियो बनाउने, आर्थिक र राजनीतिक एजेन्डा लिएर जनतामा जाने र आफ्नै तागतमा उत्साहका साथ निर्वाचनमा होमिन पनि उनले कार्यकर्तालाई निर्देशन दिए । तालमेलको विषयमा कांग्रेस र गठबन्धन दलका मुख्य नेतृत्वमा कुनै विमति नभएपनि केही नेताहरुमा अतिवादी प्रवृत्ति देखिएको उनले बताए ।

एमसीसीको विषयमा देश र गठबन्धन दुवै संकटमा परेकाले आफूहरुको टोली देशलाई निकास दिन आग्रह गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेको तर, ओलीमा देशप्रतिको चिन्ता नदेखिएर पुरानो कुन्ठा मात्र प्रकट भएपछि केही विषय परिमार्जन गर्दै संविधानको अंग बनाएर एमसीसी पास गर्न माओवादी सहमत भएको दाबी गरेका छन् । उनले एमसीसीमा देखिएको समस्या र संशय टरेको भएपनि अझै प्रतिगमनको खतरा रहेको दाबी गरे । त्यही खतराले गठबन्धन बलियो बनाउनु पर्ने र निर्वाचनपछि पनि गठबन्धन बनाएरै अघि बढ्नु पर्ने अवस्था रहेको गठबन्धनका नेतृत्वबीच सहमति भएको उनले बताए ।

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago