काठमाडौं: रूपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले पूर्णता पाएको छ । लामो प्रतीक्षापछि शुक्रबारबाट यान्त्रिक परीक्षण उडान हुने भएको हो । यहाँ परीक्षण उडानलाई भव्य तुल्याउन तयारी चलिरहेको छ । परीक्षण उडानको खबरले विमानस्थल व्यवस्थापन, आयोजना अधिकारी र सर्वसाधारण खुसी छन् । मंगलबारबाट उडानपूर्वको अन्तिम तयारी भइरहेको छ । तयारीस्वरूप मंगलबार साँझ विमानस्थल परिसरमा राष्ट्रिय गान गुन्जिएको थियो । राष्ट्रिय गान बज्न सुरु भएपछि विमानस्थलको अगाडिपट्टि सांगीतिक फाउन्टेन (पानीका फोहरा) सञ्चालन भएका थिए ।
पानीका विभिन्न रङसँगै निस्किएको पानी र धुनले विमानस्थल वरपर दर्शक जम्मा भएका थिए । अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बुधबार बिहानै शुक्रबार उडान हुने धावनमार्ग सफाइ थालिएको थियो । धावनमार्ग पखाल्ने काम दिउँसो सकिएको विमानस्थल कर्मचारी बताउँछन् । ‘धावनमार्गमा रहेका विद्युतीय र चुम्बकीय वस्तु हटाउने काम भएको छ,’ आईसीबी–टुका व्यवस्थापक तथा राष्ट्रिय गौरव आयोजनाका उपनिर्देशक प्रविन न्यौपानेले भने, ‘वरिपरिको घाँस काटिएको छ ।

कुनै खालको समस्या नआओस् भनेर रनवे पखालिएको हो ।’ सफाइको काम निरन्तर चल्ने उनले जानकारी दिए । ‘यसबाहेक जनशक्तिलाई कहाँ र कसरी परिचालन गर्ने भन्नेमा लागिरहेका छौं,’ उनले भने, ‘कुन सामग्रीको व्यवस्थापन कसरी गर्ने भन्ने तयारी उडान नहुन्जेलसम्म चलिरहन्छ ।’ विमानस्थलमा शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) तय गरिएको छ । विमानस्थलमा जडित उपकरण दुरुस्त छन्/छैनन् भन्नेबारे प्रस्ट हुन उक्त परीक्षण गर्न लागिएको न्यौपानेले बताए ।

नागरिक उड्डयन प्राधिकरणले मंगलबार सूचना जारी गरेर उक्त उडानबारे जानकारी गराएको थियो । यहाँ पानीका फोहरा मंगलबार साँझ परीक्षण गरिएको हो । फागुन १५ सम्म यान्त्रिक परीक्षण हुने न्यौपानेले जनाए । त्यसका लागि प्राधिकरण र विमानस्थल निर्माण आयोजनाले तयारी गरिरहेको उनले बताए । एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाई) ले उडानको जिम्मेवारी पाएको छ । त्यसका लागि एरो थाईको जहाजले बिहीबार बिहान थाइल्यान्डबाट उडान गर्नेछ । त्यहाँबाट बंगलादेशको ढाकामा आएर इन्धन भरेपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तय भएको न्यौपानेको भनाइ छ ।

‘कागजी प्रक्रिया पूरा भए बिहीबार साँझ नै काठमाडौंबाट भैरहवाका लागि उड्नेछ,’ उनले भने, ‘ढिलाइ भए शुक्रबार बिहानै भैरहवा अवतरण हुनेछ र पहिलो उडान गर्नेछ ।’ यहाँ अवतरण गरेपछि अपनाउनुपर्ने प्रावधानबारे समेत प्राधिकरणलाई जानकारी गराएको उनले जानकारी दिए । आयोजनाले प्राधिकरणलाई दिएको जानकारीअनुसार बिहान र साँझ गरी प्रतिदिन दुई वटा परीक्षण उडान हुनेछन् ।

उक्त अवधिभरि बिहान १० देखि साँझ ५ बजेसम्म आन्तरिक उडान बन्द रहनेछ । यसबाट यात्रुलाई पर्न जाने समस्यालाई दृष्टिगत गरी प्राधिकरणले मौसमले साथ दिए सो अवधिका लागि बिहानैबाट १० बजेसम्म र साँझ ५ बजेपछि विमानको मागअनुसारको समयसम्म उडान सुविधा दिने जनाएको छ । परीक्षण अवधिभर आकाशमा ड्रोन क्यामेरा नउडाउन र रेडिएसन आउने कुनै प्रकारका लाइट नबाल्न प्राधिकरणले सञ्चारमाध्यममा सूचना प्रकाशन गरी आग्रह गरेको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवा विमानस्थलमा १० दिनसम्म परीक्षण उडान सञ्चालन हुन लागेको हो । विमानस्थलको भौतिक निर्माण तथा उपकरण जडानसम्बन्धी काम सकिइसकेको छ । परीक्षण उडानपछि मात्र विमानस्थलबाट व्यावसायिक उडान गर्ने तयारी गरिएको छ । एरो थाईले गर्ने परीक्षण उडानपछि आउने एयरेक साइकल प्रोसेस रिपोर्टले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि तयार भएको प्रमाणित गर्ने न्यौपानेले जानकारी दिए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago