काठमाडौँ: एमसीसीको विरोधमा सत्तारुढ माओवादी केन्द्रका भातृ संगठनले मसाल जुलुस प्रदर्शन गरेका छन् । एमसीसी खारेजीको माग गर्दै माओवादी केन्द्रका भातृ संगठनहरू अखिल क्रान्तिकारी, वाइसीएललगायतले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म मसाल जुलुस प्रदर्शन गरेका हुन् ।

बिहीबार साँझ गरेको मशाल प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो । एमसीसीविरुद्धमा माओवादीका युवा र विद्यार्थी संगठनले शान्तिपूर्ण रूपमा मसाल जुलुस गरेको अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् ।
उनले एमसीसी खारेजी हुनुपर्ने मागसहित विरोध प्रदर्शन जारी रहने बताइन् ।

माओवादी केन्द्रले अहिलेको अवस्थामा एमसीसी संसद्‍बाट पारित गर्न नसकिने निर्णय गरेको छ । एमसीसीको विरोधमा माओवादी, नेकपा (एकीकृत समाजवादी), नेमकिपालगायत राजनीतिक दलहरूले विरोध गर्दै आएका छन् । सरकारमा रहेका मा‌ओवादी र एकीकृत समाजवादीका भातृ संगठन सडक प्रदर्शनमा उत्रिएका छन् ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago