जब बोक्सिनै झाक्री बनेपछि…।

२०७८, ५ फाल्गुन बिहीबार २२:४३

काठमाडौँ: एमसीसीको विरोधमा सत्तारुढ माओवादी केन्द्रका भातृ संगठनले मसाल जुलुस प्रदर्शन गरेका छन् । एमसीसी खारेजीको माग गर्दै माओवादी केन्द्रका भातृ संगठनहरू अखिल क्रान्तिकारी, वाइसीएललगायतले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म मसाल जुलुस प्रदर्शन गरेका हुन् ।

बिहीबार साँझ गरेको मशाल प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो । एमसीसीविरुद्धमा माओवादीका युवा र विद्यार्थी संगठनले शान्तिपूर्ण रूपमा मसाल जुलुस गरेको अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् ।
उनले एमसीसी खारेजी हुनुपर्ने मागसहित विरोध प्रदर्शन जारी रहने बताइन् ।

माओवादी केन्द्रले अहिलेको अवस्थामा एमसीसी संसद्‍बाट पारित गर्न नसकिने निर्णय गरेको छ । एमसीसीको विरोधमा माओवादी, नेकपा (एकीकृत समाजवादी), नेमकिपालगायत राजनीतिक दलहरूले विरोध गर्दै आएका छन् । सरकारमा रहेका मा‌ओवादी र एकीकृत समाजवादीका भातृ संगठन सडक प्रदर्शनमा उत्रिएका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु