अब नेपालमा समेत गुगल पे र पेटीएम चल्ने

काठमाडौं । अब नेपालमा पेटीएम र गुगल पे जस्ता डिजिटल वालेटबाटै भुक्तानी गर्न सकिने भएको छ । नेपाल स्थित गेटवे पेमेन्ट सर्भिस प्रालिले युनिफाइड पेमेन्ट इन्टरफेस नेपालमार्फत यस्तो सेवा सञ्चालनमा आउने भएको हो ।

फाइल फोटो

त्यसका लागि गेटवे पेमेन्ट सर्भिस प्रालिले भारत स्थित एनपीसीआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग सम्झौता गरेको छ । यो सम्झौतासँगै अब दुई देशका विभिन्न बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवाप्रदायकबीच विद्युतीय भुक्तानी सेवाप्रदायकबीच अन्तरआवद्ध भुक्तानी सञ्जाल सञ्चालनमा आउने बाटो खुलेको हो ।

यससँगै भारतमा प्रचलनमा रहेका पेटीएम, गुगल पे, फोनपे, भारत पे लगायतका डिजिटल वालेटबाट नेपाल स्थिति कुनै पनि बैंक खाता तथा डिजिटल वालेटको खातामा तुरुन्तै रकमान्तर गर्न सकिने व्यवस्था गर्न लागिएको छ । यो सेवा सञ्चालनमा आएपश्चात भारतीय नागरिक तथा भारतमा रहेका नेपाली नागरिक नेपाल आउँदा गुगल पे, पेटीएम, फोन पे, भारत पे जस्ता वालेटबाट नेपाल स्थित फोन पे तथा अन्य क्यूआरमा स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

यसका साथै नेपाली नागरिकहरू भारत यात्रामा जाँदा नेपाल स्थित ई-सेवा, खल्ती, आईएमई पे जस्ता वालेट र मोबाइल बैंकिङमार्फ त्यहाँका क्यूआर कोडमा स्क्यान गरी भुक्तानी गर्न सक्ने बताइएको छ । आगामी तीन महिनाभित्र प्रारम्भिक चरणमा यस्तो सेवा सञ्चालन गरिने गेटवे पेमेन्ट सर्भिस प्रालिका महाप्रबन्धक प्रवीण रेग्मीले टेकपानालाई बताए ।

‘एनपीसीआईले भारतमा सञ्चालन गरिरहेका सम्पूर्ण सेवाहरू पनि क्रमिक रुपमा सुरुवात गर्दै जाने योजना छ,’ उनले भने । गेटवे पेमेन्ट सर्भिस प्रालिले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त गरेको छ ।

कम्पनीका अध्यक्ष कमलनाथ प्रधान, भारत स्थित  युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) तथा भारतीय रिजर्व बैंकले प्रवर्द्धन गरेको एनपीसीआई इन्टरनेसनलका सीईओ रितेश शुक्ला, र भारतीय फिनटेक कम्पनी इन्फोटेकका निर्देशक नागाबाबु रामिनेनीले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

गेटवे पेमेन्ट सर्भिस प्रालिले अन्तर्राष्ट्रिय (क्रश-बोर्डर) कारोबारका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति समेत लिइसकेको कम्पनीका महाप्रबन्धक रेग्मीले जानकारी दिए ।

हाल नेपाल एसबीआई र एभरेस्ट बैंकका ग्राहकले आफ्नो एटीएम कार्ड नेपाल भारत दुवै मुलुकमा प्रयोग गरी रकम झिक्न सक्ने सुविधा रहेको छ । तर अनलाइन भुक्तानी तथा डिजिटल वालेटमा यो नै पहिलो हुनेछ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago