हवाई यात्रामा पीसीआर परीक्षणको अनिवार्यता हटाउन सुझाव

काठमाडौँ वायुसेवा सञ्चालक संघले हवाई क्षेत्रमा पीसीआर परीक्षणको अनिवार्यता र सीसीएमसी फारम भर्नुपर्ने प्रावधान हटाउन माग गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाउँदै संघले यस्तो आग्रह गरेको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित पर्यटन उद्योग अझ अन्यौल र अनिश्चिततामा रुमल्लिएको जनाउँदै संघले अब सहजीकरण गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।

फाइल फोटो

प्रधानमन्त्रीलाई दिइएको लिखित सुझावमा संघले भनेको छ ‘छिमेकी मुलुक भारत, भियतनाम तथा अन्य यूरोपियन मुलकहरुले समेत हवाई यात्राका लागि पीसीआर टेस्टको अनिवार्यता हटाइसकेकोले नेपालमा पनि सोहीअनुरुप पर्यटकका लागि सजिलो हुनेगरी पीसीआर टेस्ट तथा सीसीएमसी फाराम भर्नुपर्ने प्रावधान तत्कालै हटाई पर्यटन उद्योगलाई राहत प्रदान गर्न अनुरोध गर्दछौं ।’

स्वास्थ्य विशेषज्ञ तथा अनुसन्धानकर्ताहरुले समेत आउँदा दिनहरुमा कोरोनाको प्रभाव स्वत: कम हुँदै जाने आंकलन गरेकोले धेरैजसो मुलुकले प्रतिबन्धलाई खुकुलो पारेको संघले जनाएको छ । अन्तर्राष्ट्रिय संस्था आईएटीएले पनि पीसीआर टेस्ट तथा आइसोलेसनमा लाग्ने ठूलो खर्चलाई विस्थापित गरी खोपमा लगाउन आग्रह गरेको छ ।

महामारी रोकथामका लागि लगाइएका विभिन्न प्रतिबन्धका कारण विगत २ वर्षमा वाह्य पर्यटकको आगमनमा निकै ह्रास आएको र यस क्षेत्रमा आश्रित कतिपय व्यवसाय सदाका लागि बन्द हुने तथा दक्ष जनशक्ति पनि पलायन हुने अवस्था रहेको संघको गुनासो छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago