फाइल फोटो
काठमाडौँ । वायुसेवा सञ्चालक संघले हवाई क्षेत्रमा पीसीआर परीक्षणको अनिवार्यता र सीसीएमसी फारम भर्नुपर्ने प्रावधान हटाउन माग गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाउँदै संघले यस्तो आग्रह गरेको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित पर्यटन उद्योग अझ अन्यौल र अनिश्चिततामा रुमल्लिएको जनाउँदै संघले अब सहजीकरण गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।
प्रधानमन्त्रीलाई दिइएको लिखित सुझावमा संघले भनेको छ ‘छिमेकी मुलुक भारत, भियतनाम तथा अन्य यूरोपियन मुलकहरुले समेत हवाई यात्राका लागि पीसीआर टेस्टको अनिवार्यता हटाइसकेकोले नेपालमा पनि सोहीअनुरुप पर्यटकका लागि सजिलो हुनेगरी पीसीआर टेस्ट तथा सीसीएमसी फाराम भर्नुपर्ने प्रावधान तत्कालै हटाई पर्यटन उद्योगलाई राहत प्रदान गर्न अनुरोध गर्दछौं ।’
स्वास्थ्य विशेषज्ञ तथा अनुसन्धानकर्ताहरुले समेत आउँदा दिनहरुमा कोरोनाको प्रभाव स्वत: कम हुँदै जाने आंकलन गरेकोले धेरैजसो मुलुकले प्रतिबन्धलाई खुकुलो पारेको संघले जनाएको छ । अन्तर्राष्ट्रिय संस्था आईएटीएले पनि पीसीआर टेस्ट तथा आइसोलेसनमा लाग्ने ठूलो खर्चलाई विस्थापित गरी खोपमा लगाउन आग्रह गरेको छ ।
महामारी रोकथामका लागि लगाइएका विभिन्न प्रतिबन्धका कारण विगत २ वर्षमा वाह्य पर्यटकको आगमनमा निकै ह्रास आएको र यस क्षेत्रमा आश्रित कतिपय व्यवसाय सदाका लागि बन्द हुने तथा दक्ष जनशक्ति पनि पलायन हुने अवस्था रहेको संघको गुनासो छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…