फाइल फोटो
काठमाण्डाै । नेपाली राष्ट्रिय क्रिकेट टाेलीका मुख्य प्रशिक्षक पुबुदु दासानायके र कप्तान सन्दीप लामिछानेले नेपाल फेरि टी–२० विश्व कपमा छनोट हुने विश्वास व्यक्त गरेका छन् ।
आईसीसी पुरुष टी–२० विश्व कप ग्लोबल छनोट अन्तर्गत आयोजक ओमानसँगको खेलअघि दासानायेके र लामिछानेले नेपालले यसै वर्ष अस्ट्रेलियामा हुने विश्व कपका लागि छनोट हुने विश्वास व्यक्त गरेका हुन् ।
प्रशिक्षक दासानायकेले खेलाडीहरूको प्रदर्शन तथा तीन वटै खेलको आधारमा विश्व कप छनोटका लागि सक्षम छौँ भन्ने लागेको बताएका छन् । सबैको अन्तिम उद्देश्य भनेको नेपाललाई विश्व कपमा पुर्याउने नै भएको समेत उनले बताएका छन् ।
यस्तै कप्तान लामिछानेले कसरी र के गरी सफलता हासिल गर्ने भन्ने विषयमा योजना बनाएर अघि बढिरहेको बताए । कप्तान लामिछानेले नेपाल विश्व कप छनोटका लागि सक्षम रहेको विश्वास व्यक्त गरेका छन् ।
टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली ओमानमा छ । ग्लोबल छनोटको समूह ’ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् । समूह ’बी’ मा यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् । छनोट खेल भोलि शुक्रवारदेखि हुँदैछ । फाइनलमा पुग्ने दुई टोलीले आउँदो अक्टोबरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कप खेल्नेछन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…