‘नेपाल विश्व कप छनोटका लागि सक्षम छ’ :- सन्दीप भन्छन्

२०७८, ५ फाल्गुन बिहीबार १९:०१

काठमाण्डाै नेपाली राष्ट्रिय क्रिकेट टाेलीका मुख्य प्रशिक्षक पुबुदु दासानायके र कप्तान सन्दीप लामिछानेले नेपाल फेरि टी–२० विश्व कपमा छनोट हुने विश्वास व्यक्त गरेका छन् ।

फाइल फोटो

आईसीसी पुरुष टी–२० विश्व कप ग्लोबल छनोट अन्तर्गत आयोजक ओमानसँगको खेलअघि दासानायेके र लामिछानेले नेपालले यसै वर्ष अस्ट्रेलियामा हुने विश्व कपका लागि छनोट हुने विश्वास व्यक्त गरेका हुन् ।

प्रशिक्षक दासानायकेले खेलाडीहरूको प्रदर्शन तथा तीन वटै खेलको आधारमा विश्व कप छनोटका लागि सक्षम छौँ भन्ने लागेको बताएका छन् । सबैको अन्तिम उद्देश्य भनेको नेपाललाई विश्व कपमा पुर्‍याउने नै भएको समेत उनले बताएका छन् ।

यस्तै कप्तान लामिछानेले कसरी र के गरी सफलता हासिल गर्ने भन्ने विषयमा योजना बनाएर अघि बढिरहेको बताए । कप्तान लामिछानेले नेपाल विश्व कप छनोटका लागि सक्षम रहेको विश्वास व्यक्त गरेका छन् ।

टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली ओमानमा छ ।  ग्लोबल छनोटको समूह ’ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् । समूह ’बी’ मा यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् । छनोट खेल भोलि शुक्रवारदेखि हुँदैछ । फाइनलमा पुग्ने दुई टोलीले आउँदो अक्टोबरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कप खेल्नेछन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु