जापानको व्यापार घाटा ८ वर्षयताकै उच्च,जनवरी महिनामा १९ अर्ब अमेरिकी डलर घाटा

काठमाडौं : जापानले जनवरी महिनामा १९ अर्ब अमेरिकी डलर व्यापार घाटा व्यहोरेको छ । तेल, ग्यासलगायत उर्जा आयातमा लागत बढेपछि जापानको व्यापार घाटा ८ वर्ष यताकै उच्च पुगेको हो । जापानको अर्थमन्त्रालयका अनुसार गत वर्षको सोही अवधिको तुलनामा आयात ३९.६% ले बढ्दा निर्यात ९.६% ले मात्र बढेको छ । फलस्वरुप, जापानले लगातार छैटौं महिना व्यापार घाटा व्यहोरेको छ ।

हालको व्यापार घाटा सन् २०१४ जनवरीयताकै उच्च हो । विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको जापानले करिब सम्पूर्ण तेल र ग्यास आयात गर्ने गरेको छ । पछिल्लो समय युक्रेन र रुसबीच तनाव बढ्दै गएपछि तेल तथा ग्यासको भाउमा उच्च वृद्धि हुँदा जापानको व्यापार घाटा चुलिएको हो ।

अर्कोतर्फ, जापानको मुद्रा अमेरिकी डलरको तलनामा कमजोर देखिएको छ । साथै, कम्प्युटर चिप अभावका कारण इलेक्ट्रोनिक सामान र सवारी साधनको उत्पादनमा पनि कमी आएको छ । जसका कारण पछिल्लो समय जापानको निर्यात केही कमजोर बनेको छ ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago