काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमसीसीमा आफ्नो पार्टी स्पष्ट रहेको बताएका छन् । वैदेशिक सहायता परियोजनालाई राजनीतिक एजेण्डा बनाएर आफ्नो अनुकूलतामा प्रयोग गर्ने काम कांग्रेसले नगर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आफ्ना ससुरा अर्जुननरसिंह केसीको पुस्तक विमोचन समारोहमा बोल्दै थापाले भने, ‘कांग्रेसको नेतृत्वले खुट्टा कमाउनु हुँदैन । पार्टीको निर्वाचनको क्षण तत्क्षणको लाभहानी बिर्सेर भए पनि कांग्रेसले आफ्नो परिचय कायम राख्नुपर्छ ।’
नेपालको राष्ट्रिय हित रक्षाका लागि, नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयताका निम्ति एउटा राजनीतिक दलले निर्वाह गर्नुपर्ने कर्तव्य कांग्रेसले निभाउने उनको भनाइ छ ।
‘कांग्रेस अरुजस्तो सरकारमा बस्दा एउटा पार्टीभित्र बस्दा एउटा, विहान एउटा बेलुका एउटा गर्दैन । बालुवाटारमा एउटा खुमलटारमा अर्को बोली फेरिराख्ने चरित्र नेपाली कांग्रेसले बोक्दैन,’ उनले भने ।
जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…
बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…
दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…
काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…
काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…