सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल : आज एकै समयमा दुई खेल

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत एघारौं चरणको अन्तिम दिन बिहीबार दुई खेल हुँदै छन्। दुबै खेल दिउँसो १ बजे दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा हुनेछन्।

फाइल फोटो

त्रिपुरेश्वरस्थित रंगशालामा हुने खेलमा एपीएफ क्लबले मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ। मनाङ एपीएफलाई हराउँदै दोस्रो स्थानमा रहन चाहन्छ। एपीएफ मनाङलाई स्तब्ध पार्दै रेलिगेशनबाट ढुक्क हुन चाहन्छ।मनाङ १० खेलमा २० अंक जोडेर दोस्रो स्थानमा छ। एपीएफ १० खेलमा ११ अंक जोडेर नवौं स्थानमा छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा न्युरोड टिम एनआरटी र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। एनआरटी १० खेलमा १४ अंक जोडेर सातौं स्थानमा छ। संकटा १० खेलमा १५ अंक जोडेर पाँचौं स्थानमा छ।जारी लिगमा दुई खेल बाँकी रहँदै मछिन्द्र फुटबल क्लब च्याम्पियन भएको छ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago