सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल : आज एकै समयमा दुई खेल

२०७८, ५ फाल्गुन बिहीबार १०:३०

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत एघारौं चरणको अन्तिम दिन बिहीबार दुई खेल हुँदै छन्। दुबै खेल दिउँसो १ बजे दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा हुनेछन्।

फाइल फोटो

त्रिपुरेश्वरस्थित रंगशालामा हुने खेलमा एपीएफ क्लबले मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ। मनाङ एपीएफलाई हराउँदै दोस्रो स्थानमा रहन चाहन्छ। एपीएफ मनाङलाई स्तब्ध पार्दै रेलिगेशनबाट ढुक्क हुन चाहन्छ।मनाङ १० खेलमा २० अंक जोडेर दोस्रो स्थानमा छ। एपीएफ १० खेलमा ११ अंक जोडेर नवौं स्थानमा छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा न्युरोड टिम एनआरटी र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। एनआरटी १० खेलमा १४ अंक जोडेर सातौं स्थानमा छ। संकटा १० खेलमा १५ अंक जोडेर पाँचौं स्थानमा छ।जारी लिगमा दुई खेल बाँकी रहँदै मछिन्द्र फुटबल क्लब च्याम्पियन भएको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु