स्याङ्जा । वालिङ नगरपालिकाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई नगद २५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ। पालिकाले काजकिरिया खर्चका लागि केही राहत दिने उद्देश्यले सो रकम उपलब्ध गराइएको नगर प्रमुख दिलीपप्रताप खाँणले जनाए। कोरोना कारण परिवारका सदस्य गुमाएका व्यक्तिका आश्रित पारिवारलाई नगरपालिकाले रकम दिएको हो।
नगरपालिकाले बनाएको विपद व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७७ अनुसार राहत वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताए। उनका अनुसार, अहिलेसम्म ४९ जनाले राहत नगद लगेका छन्।अब प्रक्रियामा ६० भन्दा बढी छन्। पालिकाले अहिलेसम्म १२ लाख २५ हजार रुपैयाँ पीडित परिवारलाई उपलब्ध गराएको जनाएको छ। राहत रकम प्राप्तिका लागि कोभिड १९ का कारण मृत्यु भएको अस्पतालले उपलब्ध गराएको प्रमाण, सम्बन्धित वडाको मृत्यु दर्ताको प्रमाण तथा सिफारिससहित नगरपालिका कार्यालयमा निवेदन दिएपछि रकम उपलब्ध गराइने पालिकाले जनाएको छ।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…