काठमाडौं । हास्यकलाकार धुर्मस सुन्तली विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।
भरतपुरमा गौत्तमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको क्रममा आर्थिक अनियमितता गरेको आरोपमा सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे(सुन्तली)को नाममा उजुरी दर्ता गराएका हुन् ।
भरतपुरका क्रिकेट प्रशिक्षक अनिल अधिकारीले उनीहरुमाथि रंगशाला निर्माणका नाममा चन्दा उठाएर रकम दुरुपयोग गरेको आरोप लगाएका हुन् ।
केवल १४ प्रतिशत भौतिक संरचना मात्रै बनेको भन्दै उजुरीकर्ता अधिकारीले १७ करोड रुपैयाँ थप ऋण छ भनेर दावी गर्नु हास्यास्पद भएको उनको दाबी छ ।
नेपाल र विदेशमा रहेका नेपालीहरु अनि भरतपुर महानगरपालिकाबाट ५७ करोड रुपैयाँ चन्दा उठाएको तर काम भने नगरेको आरोप रहेको छ । अहिले उनीहरुले परियोजनालाई अलपत्र पारेर हिँडेको भन्दै छानविन समेत गर्न माग छ ।
दुई अर्ब रुपैयाँको लागत अनुमान गरिएको परियोजनामा रकम उठेजति काम समेत नभएको भन्दै दुवैजनालाई छानविनको दायरामा ल्याउन माग गरिएको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…